चितवनका चेपाङ जातिमा सांस्कृतिक परिवर्तन {Cultural changes in the Chepang caste of Chitwan}

Authors

  • डी.आर. D.R. पोख्रेल Pokhrel Bharatpur, Chitwan

DOI:

https://doi.org/10.3126/bpjms.v1i1.55687

Keywords:

मण्डली, लोपोन्मुख, धर्मान्तरण, प्रकृतिपूजा, चेपाङ, Chepang, prakriti Puja, Mandali

Abstract

चितवन वागमती प्रदेशको एक जिल्ला हो । यस जिल्लाको केही माथिल्लो भेगमा चेपाङ जाति बस्दछन् । यस जातिको आफनै थातथलो, भाषा, संस्कृति र आर्थिक जीवन छ । अति सीमान्तकृत आदिवासी जनजातिका रूपमा सूचीकृत भई यिनीहरूले आफनो जातीय मौलिक पहिचान पनि बनाइसकेको छ । प्रकृतिपूजन दृष्टि, संयुक्त परिवारको सामाजिक संरचना, आदिम प्रकारको चालचलन यस आदि जातिको विशेषता हो । आज यस मौलिक पहिचानमा धेरै परिवर्तन आएको छ । जमिनको स्वामित्व, नागरिकता आदिका समस्याहरू छन् । भाषाको वक्ताहरू घटिरहेका छन् । संयुक्त परिवारमा पनि परिवर्तन आएको छ । हिन्दूकरण र इसाईकरणले उनीहरूको समाज र संस्कृतिमा ठूलो हेरफेर ल्याएको छ । यस जातिको विकासका लागि सरकारी र गैरसरकारी अनेक धार्मिक, सामाजिक संस्थाहरूले अनेक योजना र कार्यक्रम ल्याएको देखिन्छ । तर उनीहरूले छोडेपछि चेपाङ समाजको स्थितिमा कुनै सुधार नभई झन् बिग्रिएको पाइन्छ । ती संस्थाहरूले विकासका सपनाहरू त बाँडे तर यस जातिलाई आत्मनिर्भर बनाउन सकेनन् । सीप कौशल सिकाएनन् । यस जातिको मौलिक रूचि र क्षमतालाई वास्ता नगरी संस्थाहरूले आफना अभीष्ट सिद्धि प्राप्ति गर्न मात्र लागेका देखिन्छन् । यसकारण आज पनि चेपाङ जातिको जीवन सङ्क्रमणबाट गुज्रिरहेको छ । उनीहरू न हिजोको मौलिक पहिचानमा छन् न आजको विकासबाट लाभान्वित छन् । जातीय विद्वषका भावनाबाट भन्दा पनि जातीय जागरणका चेतनाबाट नै उनीहरूको उत्थान सम्भव हुन्छ । धर्मान्तरणले जातीय उत्थान हुन सक्तैन । यो कुरो बुझाउनु पर्नेछ र यसजातिको विकास र समुन्नत भविष्यका निम्ति नेपाल सरकारले नै दायित्व लिनुको अर्को विकल्प छैन ।

Downloads

Download data is not yet available.
Abstract
71
PDF
60

Downloads

Published

2023-06-12

How to Cite

पोख्रेल Pokhrel ड. D. (2023). चितवनका चेपाङ जातिमा सांस्कृतिक परिवर्तन {Cultural changes in the Chepang caste of Chitwan}. Bharatpur Pragya: Journal of Multidisciplinary Studies, 1(1), 10–16. https://doi.org/10.3126/bpjms.v1i1.55687

Issue

Section

Articles