नेपालको जलवायु परिवर्तनः सामाजिक न्यायको खोजी
DOI:
https://doi.org/10.3126/caj.v3i1.86856Keywords:
जलवायु परिवर्तन, प्रभाव, चुनौतीहरू, मधेश, जिम्मेवारीAbstract
नेपालको जलवायु परिवर्तनःसामाजिक न्यायको खोजी शीर्षकको यस लेखमा जलवायु परिवर्तनको प्रभाव, मधेश प्रदेशमा जलवायु परिवर्तनका असरहरू, जलवायु परिवर्तनका दीर्घकालीन प्रभावतत्वहरू, स्वास्थ्य र सुरक्षामा असर, जलवायु परिवर्तनको प्रभावलाई न्यूनतम बनाउने उपायहरू, सरोकारवालाहरूको भुमिका, मधेश प्रदेश सरकारबाट भएका प्रयासहरू जस्ता उपशीर्षकहरूमा विश्लेषण गरिएको छ । अद्वितीय भूगोल र सांस्कृतिक विविधताको देश नेपालले जलवायु परिवर्तनका कारण गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ । जलवायु परिवर्तनले यहाँका समुदायहरूमा विशेषगरी न्यून आए रहेका समूहहरूलाई प्रत्यक्ष रूपमा असर पुर्याइरहेको छ । यस लेखमा, जलवायु परिवर्तन र संघीय शासन प्रणालीको प्रभावलाई सामाजिक न्यायको परिप्रेक्ष्यमा विश्लेषण गर्ने प्रयास गरिएको छ । नेपालको संघीय शासन प्रणालीले विभिन्न स्तरका सरकारहरूलाई अधिकार र जिम्मेवारी दिएको छ । सामाजिक न्याय सुनिश्चित गर्नका लागि जलवायु परिवर्तनसँग सम्बन्धित नीतिहरूमा समावेशी दृष्टिकोण अपनाउनु आवश्यक छ । सरकारले स्थानीय समुदायका आवाजलाई सुन्ने र उनीहरूको आवश्यकताहरूलाई ध्यानमा राख्ने नीति निर्माण गर्नुपर्छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2025 Research Management Cell, Chaturbhujeshwar Janata Multiple Campus

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.