सामाजिक सञ्जालमा प्रस्तुत स्टाटसको समाजभाषिक दृष्टिले विश्लेषण {A Sociolinguistic Analysis of the Status Presented on Social Networks}

Authors

  • मीनप्रसाद अधिकारी {Min Prasad Adhikari} त्रिभुवन विश्वविद्यालय, धनकुटा बहुमुखी क्याम्पस, धनकुटा

DOI:

https://doi.org/10.3126/cd.v17i01.53268

Keywords:

फेसबुक (Facebook), समय सन्दर्भ (time context), सञ्जाल (network), सामाजभाषाविज्ञान (sociolinguistics), सामाजिक स्टाटस (social status)

Abstract

बढ्दो विज्ञानको प्रभाव र समाजमा सञ्चारको पहँुचका कारण आजभोलि सबैको हात हातमा सामान्य बनेको छ । मोवाइल फोनको कारणले साक्षर निरक्षर, धनी गरिब, उच्च निम्न, ठूला साना, सबैका लागि सामाजिक सञ्जाल समय कटाउने, सूचना लिने दिने र आफ्ना मनको बह पोख्ने थलो बनेको छ । राजनैतिक व्यक्तिदेखि उच्च पदस्त सबैले कुनै न कुनै सामाजिक सञ्जालको प्रयोग गरिरहेका हुन्छन् । सामाजिक सञ्जाल मध्ये पनि फेसबुक अधिकांशको रोजाइमा रहेको छ । फेसबुकमा प्रयोगकर्ताले स्टाटस लेख्ने गर्दछन् । स्टाटसले सुख दुःख मात्र नभई समाजको तत्कालको परिवेशलाई पनि उतार्ने काम गर्दछ । सामाजिक ढाँचा अनुसार पनि भाषामा प्रयोग हुने शब्दभण्डार तथा अभिव्यक्तिका अन्य फाँकीहरु समेत फरक फरक हुन्छन् । कुन भौगोलिक, साँस्कृतिक तथा कालीक परिवेशमा भाषाको प्रयोग भएको छ सोही अनुसारको विविध प्रकारका समय र सन्दर्भ अनुसार सामाजिक सञ्जालमा स्टाटसको प्रयोग  हुने गर्दछ ।  प्रस्तुत लेखमा पनि समाजिक सञ्जाल अन्तर्गत फेसबुकमा विभिन्न समयमा विभिन्न नामबाट प्रस्तुत भएका स्टाटसहरूको समाजभाषिक दृष्टिले विश्लेषण गरिएको छ । यसमा स्टाटसको लेखक वा प्रस्तुतकर्तालाई गौण राखी स्टाटसको भाव, आशयलाई समाजभाषिक आधारमा विश्लेषण गरिएको छ । समाजमा बासोबास गर्ने मानिसको आ–आफ्नो स्तर अनुसार फेसबुकमा स्टाटस आउने र सो स्टाटसले व्यक्तिको मनोदशा, विद्यमान अवस्था र अवस्थितिलाई उजागर गर्ने भएकाले यो लेख नितान्त प्राथमिक स्रोतका तथ्याङ्कका आधारमा मौलिक र अनुसन्धानमूलक बनेको छ । स्टाटसको नेपाली रुपान्तरण गर्दा अवस्था, आसय, वर्तमान वा विद्यमान स्थिति भन्ने हुन्छ तर जुन शक्ति स्टाटस शब्दले ग्रहण गरेको छ त्यो मर्मलाई कायम गरी स्टाटस भन्नु नै उपयुक्त देखिएकोले यसको शीर्षकमा कोड मिश्रण भएको हो । साथै समाजभाषाविज्ञानले भाषा, भाषिका, भाषिक समुदायका सँगसँगै कोड मिश्रणलाई पनि आफ्नो अध्ययनको क्षेत्र बनाउने भएकाले पनि यो शीर्षकमा भएको कोड मिश्रणलाई सहज रूपमा लिइएको छ । यसलेखमा प्रस्तुत भएका सामग्रीहरू विभिन्न प्रयोगकर्ताले आफ्नो फेसबुकमा सबैले देख्न र पढ्न मिल्ने गरी राखिएका केही स्टाटसहरू हुन् । ती स्टाटसलाई नेपाली भाषाको समृद्धशाली तथा नवीन विधा समाजभाषाविज्ञानका आधारमा विश्लेषण गरिएको छ । 

(Due to the increasing influence of science and the reach of communication in the society, mobile phones have become common in everyone's hand these days. Due to mobile phones, social media has become a place for everyone, literate, illiterate, rich, poor, high and low, big and small, to save time, get information and pour out their thoughts. From politicians to high-ranking people, everyone is using some form of social media. Among the social networks, Facebook is the choice of most people. Users write statuses on Facebook. Status not only affects the happiness and sadness but also the immediate environment of the society. According to the social structure, the vocabulary used in the language and other forms of expression are also different. According to the geographical, cultural and contextual environment in which the language is used, statuses are used in social networks according to different types of time and context. In the presented article, statuses presented under different names on Facebook at different times under the social network have been analyzed from a sociolinguistic point of view. In this, the meaning and intention of the status has been analyzed on a sociolinguistic basis, keeping the author or presenter of the status secondary. As people who live in the society get status on Facebook according to their level and that status reveals the mood, existing situation and location of the person, this article is completely original and research based on data from primary sources. In the Nepali translation of status, it means situation, desire, current or existing situation, but the meaning of the word status has been assumed and it is appropriate to say status, so its title has a code mix. Also, because sociolinguistics makes code mixing its field of study along with language, linguistic community, and linguistic community, the code mixing in this title has been taken lightly. The contents presented in this article are some of the statuses kept by different users on their Facebook so that everyone can see and read them. Those statuses have been analyzed on the basis of sociolinguistics, a rich and innovative genre of Nepali language.)

Downloads

Download data is not yet available.
Abstract
52
pdf
29

Author Biography

मीनप्रसाद अधिकारी {Min Prasad Adhikari}, त्रिभुवन विश्वविद्यालय, धनकुटा बहुमुखी क्याम्पस, धनकुटा

उप-प्राध्यापक, नेपाली शिक्षा

Downloads

Published

2023-03-27

How to Cite

अधिकारी {Adhikari} म. {Min P. (2023). सामाजिक सञ्जालमा प्रस्तुत स्टाटसको समाजभाषिक दृष्टिले विश्लेषण {A Sociolinguistic Analysis of the Status Presented on Social Networks}. CHINTAN-DHARA, 17(01), 96–104. https://doi.org/10.3126/cd.v17i01.53268

Issue

Section

Articles