वक्रोक्तिका प्रकार र नेपाली लोककविता Bakroktika Prakar a Nepali Lokkabita

Authors

  • ध्रुवप्रसाद Dhurbaprasad भट्टराई Bhattarai Tri-Chandra Multiple Campus, Tribhuvan University, Kathmandu, Nepal

DOI:

https://doi.org/10.3126/cdj.v0i42.33237

Keywords:

उक्ति विचित्रता ukti bichitrita, पदउत्तरार्ध वक्रता paduttarardha bakrata, पदपूर्वार्ध वक्रता padpurbardha bakrata, प्रकरण वक्रता prakaran bakrata, वर्णविन्यास वक्रता barnabinyas bakrata, वाक्य वक्रता bakya bakrata

Abstract

वक्रोक्ति सिद्धान्त पूर्वीय साहित्यको एक प्रसिद्ध सिद्धान्त हो । काव्यमा वक्रोक्तिको आवश्यकता रहेको धारणा भरतमुनिदेखिका सबै मनीषीले राखेको देखिए पनि वक्रोक्तिलाई काव्यविश्लेषणको सैद्धान्तिक आधार दिने चिन्तक दसौँ शताब्दीको उत्तरार्धका कुन्तक हुन् । कुन्तकका अनुसार वक्रोक्ति भनेको विशिष्ट प्रकारको कथन हो र विशिष्ट कथन भनेको कविको विदग्धतापूर्ण अर्थात् चतुरतापूर्वकको कथन हो । यस प्रकारको विशेष कथनबाट सहृदयीहरूको हृदय आह्लादित हुने भएकाले वक्रोक्तिलाई काव्यको आत्मा मानिन्छ । विशेष प्रकारको कथनका लागि वर्ण, पद, वाक्य, प्रकरण तथा समग्र प्रबन्धमा विदग्धतापूर्ण कथनको आवश्यकता पर्दछ । यीमध्ये कुनैमा त्रुटि वा दोष देखिएमा त्यसले समग्र काव्यको आह्लादकत्वमा क्षति पु¥याउँछ । त्यसैले काव्य सर्वाङ्ग विदग्धतापूर्ण कथनमा आबद्ध हुनुपर्दछ । साहित्यमा यसलाई पूर्णपालना गर्ने प्रयास गरिएको पनि हुन्छ । तर लोकसाहित्यसर्वसाधारण जनताको स्वतःस्फूर्त रूपमा प्रस्तुत हुने मौखिक अभिव्यक्ति भएकाले सिद्धान्तको अनुसरणलाई खासै महङ्खव दिइँदैन । त्यसैले लोकसाहित्यको एक भेद मानिने लोककवितामा पनिसिद्धान्तअनुरूपको कथन आवश्यक मानिदैन । तापनि यिनमा लोककविको सहज प्रतिभाको उच्छलन पनि यत्रतत्र छचल्किएकै पाइएको छ । समाजमा प्रचलित लोककविताको विदग्धतापूर्ण कथनका सन्दर्भबाट अध्ययन गर्दै जाँदा कतिपय लोककवितामा वक्रोक्ति सिद्धान्तले मानेका वर्ण, पद, वाक्य आदि भेद र यिनका भेदोपभेदको उपस्थिति रहेको देखिन्छ । लोककवितामा भाव अनुकूलको वर्णको प्रयोग, धातु वा प्रातिपदिकको अर्थपूर्ण प्रयोग, सामान्य भन्दा अलौकिक वा चमत्कारजनक वाक्यको प्रयोग लगायत वक्रोक्ति सिद्धान्तले मानेका विदग्धतापूर्ण अर्थात् चतुरतापूर्वकको कथन भएको देखिन्छ । यस आधारमा लोककविताका प्रयोक्ता सर्वसाधारण भए पनि उनीहरूको सहज प्रतिभाले लोककवितालाई विशिष्टता प्रदान गरेका छन् र यिनले सहृदयीहरूको हृदयलाई आनन्दातिरेक तुल्याएका छन् भन्ने निष्कर्ष यस लेखमा निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
182
pdf
239

Author Biography

ध्रुवप्रसाद Dhurbaprasad भट्टराई Bhattarai, Tri-Chandra Multiple Campus, Tribhuvan University, Kathmandu, Nepal

सह—प्राध्यापक, Associate Professor 

Downloads

Published

2020-12-06

How to Cite

भट्टराई Bhattarai ध. D. (2020). वक्रोक्तिका प्रकार र नेपाली लोककविता Bakroktika Prakar a Nepali Lokkabita. Curriculum Development Journal, (42), 99–114. https://doi.org/10.3126/cdj.v0i42.33237

Issue

Section

Articles