गुरुङ – नेपाली शैक्षणिक शब्दकोश Gurung-Nepali Shaishyanik Shabdakosh

Authors

  • Budda Raj Khaniya

Keywords:

आधारभूत शब्द, द्विभाषी कोश, प्रविष्टि, लक्ष्य भाषा, सम्पादन, स्रोत भाषा

Abstract

गुरुङ – नेपाली शैक्षणिक शब्दकोशको नमुना प्रस्तुत गर्ने उद्देश्यले तयार गरिएको यो लेख लमजुङ र कास्की जिल्लामा प्रयोग गरिने गुरुङ भाषामा आधारित छ । यसमा प्राथमिक र द्वितीयक दुबै स्रोतबाट तथ्यहरू सङ्कलन गरिएको थियो । प्राथमिक तथ्य सङ्कलनका लागि लमजुङ र कास्की जिल्लाबाट १५–१५ जनाका दरले जम्मा ३० जना गुरुङ मातृभाषी वक्ताहरू उद्देश्यमूलक तरिकाबाट छनोट गरियो । निर्धारित गुरुङ मातृभाषी सूचकहरूसँग प्रत्यक्ष सम्पर्क गरेर तयार गरिएका विभिन्न विषय क्षेत्रसँग सम्बन्धित नेपाली भाषाका आधारभूत शब्दसूची अनुवाद गर्न लगाई प्राथमिक तथ्यहरू सङ्कलन गरियो भने गुरुङ भाषामा प्रकाशित पाठ्य सामग्री, कोश, व्याकरण जस्ता सामग्रीका आधारमा द्वितीयक तथ्यहरू सङ्कलन गरियो । यसरी सङ्कलन गरिएका तथ्यहरूलाई कोश सम्पादनको सैद्धान्तिक आधारमा गुरुङ–नेपाली शैक्षणिक कोशको नमुना प्रस्तुत गरिएको छ । यस लेखमा १९० गुरुङ भाषाका आधारभूत शब्दहरूका आधारमा गुरुङ – नेपाली शैक्षणिक शब्दकोशको नमुना दिइएको छ । यसमा गुरुङ भाषामा प्रविष्टि दिएर तिनको शब्द वर्गीय सूचना, नेपालीमा समानार्थी एवम् गुरुङ र नेपाली भषामा प्रयोग समेत दिइएको छ । कोशको नमुना देवनागरी लिपिमा प्रस्तुत गरिएको छ ।

Abstract
405
PDF
0

Downloads

Published

2021-11-30

How to Cite

Khaniya, B. R. . (2021). गुरुङ – नेपाली शैक्षणिक शब्दकोश Gurung-Nepali Shaishyanik Shabdakosh. Curriculum Development Journal, 29(43), 235-247. https://doi.org/10.3126/cdj.v29i43.41056

Issue

Section

Articles

How to Cite

Khaniya, B. R. . (2021). गुरुङ – नेपाली शैक्षणिक शब्दकोश Gurung-Nepali Shaishyanik Shabdakosh. Curriculum Development Journal, 29(43), 235-247. https://doi.org/10.3126/cdj.v29i43.41056