शत्रु कथामा समाख्यानात्मक सङ्केन्द्रण् Shatru Kathama Samakhyanatmak Sangkendran

Authors

  • Gobinda Prasad Luitel

DOI:

https://doi.org/10.3126/cdj.v29i43.41089

Keywords:

कथनीयता, चरित्र, वाच्यत्व, सङ्केन्द्रक, समाख्याता

Abstract

प्रस्तुत आलेख ‘शत्रु’ कथाको समाख्यानात्मक सङ्केन्द्रण विश्लेषणमा केन्द्रित छ । सङ्केन्द्रणले समाख्यानात्मक सूचना कसको दृष्टिकोणबाट र कसरी प्रस्तुत गरिएको छ भन्ने कुरालाई बुझाउँदछ । यस अध्ययनमा समाख्यानात्मक सङ्केन्द्रणसम्बन्धी प्रारूप प्रस्तुत गर्दै विवेच्य कथाको सङ्केन्द्रणको विमर्श गरिएको छ । कथाको सङ्केन्द्रणसम्बन्धी कलागत सौन्दर्यको निरूपण गर्ने यस लेखमा पुस्तकालयीय कार्यबाट विश्लेष्य सामग्रीको सङ्कलन गरिएको छ भने ती सामग्रीलाई गुणात्मक विश्लेषण विधिका आधारमा विवेचना गरिएको छ । यस अध्ययनमा सङ्केन्द्रणअन्तर्गत विश्लेष्य कथाका समाख्याता, समाख्यानात्मक वाच्यत्व, सङ्केन्द्रक, सङ्केन्द्रित विषय एवम् समाख्यानात्मक चरित्रको अनुशीलन गरी तिनको अन्तरसम्बन्ध र कलापक्षको निरूपण पनि गरिएको छ । यस अध्ययनबाट समग्रमा प्रस्तुत कथामा समाख्यानात्मक सङ्केन्द्रणसँग सम्बद्ध पक्षहरूको उपयुक्त संयोजन भएका कारण कथात्मक सौन्दर्यको उपस्थापन भएको छ भने समाख्याता सङ्केन्द्रक र पात्र सङ्केन्द्रकमार्पmत समाख्यानात्मक सूचनाहरूलाई प्रभावकारी ढङ्गले सम्प्रेषण गरिएका कारण सङ्केन्द्रण व्यवस्थाका दृष्टिले यो कथा कलात्मक बनेको छ भन्ने निष्कर्ष अध्ययनबाट प्राप्त भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
105
PDF
185

Downloads

Published

2021-11-30

How to Cite

Luitel, G. P. . (2021). शत्रु कथामा समाख्यानात्मक सङ्केन्द्रण् Shatru Kathama Samakhyanatmak Sangkendran. Curriculum Development Journal, 29(43), 189–204. https://doi.org/10.3126/cdj.v29i43.41089

Issue

Section

Articles