स्नातक तहको पाठ्यक्रममा आधुनिक नेपाली गीतगजल Snatak Tahako Pathyakrmma Aadhunik Nepali Geetgajal

Authors

  • Dhundiraj Pahadi

Keywords:

प्रगीतात्मक कविता, सहभागितामूलक शिक्षण, काफिया, मिसरा, स्थायी, अन्तरा

Abstract

प्रस्तुत आलेख त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत ऐच्छिक नेपाली विषयको चार बर्से बी.ए. को पाठ्यक्रममा निर्धारित पाठ्यांश सङ्केत नेपाली ४२६(ख) मा समाविष्ठ आधुनिक नेपाली गीत तथा गजलको उपादेयतासम्बन्धी सघन विश्लेषणामा केन्द्रित छ । स्नातक तहको ऐच्छिक नेपाली विषयमा पठनपाठन हुने गरी समेटिएको उक्त आधुनिक नेपाली गीत तथा गजल विद्यार्थीहरूलाई साहित्यका लोकप्रिय विधाउपविधाहरूमा अन्तर्निहित विशिष्ट प्रकृतिको सैद्धान्तिक तथा व्यावहारिक ज्ञान दिलाउने उद्देश्यले समावेश गरिएको हो । विद्यार्थीहरूलाई काव्य वा साहित्यशिक्षणले पैदा गराउने विशिष्ट चेतना तथा ज्ञान र सिपका बारेमा अध्ययन गरी उपलब्ध तथ्यहरूको विश्लेषणसहित यस आलेखमा विश्लेष्य विषयको पुष्टिका निम्ति गीत तथा गजलको सैद्धान्तिक अवधारणासमेतलाई आधार बनाइएको छ । नेपाली जनमनलाई आकर्षण गर्ने, राष्ट्रप्रेमको भावना पैदा गर्ने र सामाजिक सद्भाव र राष्ट्रिय एकताको विशिष्ट चेतना वृद्धि गर्ने सरल साहित्यका रूपमा लोकप्रिय हुँदै आएको गीतगजल उपविधा स्नातक तहमा अध्ययनरत विद्यार्थीका निम्ति पठनपाठनको विषय बन्नु शैक्षिक प्राज्ञिक दृष्टिले औचित्यपूर्ण छ भन्ने प्रस्तुत अनुसन्धानात्मक आलेखको निष्कर्ष रहेको छ ।

Abstract
412
PDF
0

Downloads

Published

2021-11-30

How to Cite

Pahadi, D. . (2021). स्नातक तहको पाठ्यक्रममा आधुनिक नेपाली गीतगजल Snatak Tahako Pathyakrmma Aadhunik Nepali Geetgajal. Curriculum Development Journal, 29(43), 223-233. https://doi.org/10.3126/cdj.v29i43.41091

Issue

Section

Articles

How to Cite

Pahadi, D. . (2021). स्नातक तहको पाठ्यक्रममा आधुनिक नेपाली गीतगजल Snatak Tahako Pathyakrmma Aadhunik Nepali Geetgajal. Curriculum Development Journal, 29(43), 223-233. https://doi.org/10.3126/cdj.v29i43.41091