‘बूढो रुख कथामा’ पर्यावरण
DOI:
https://doi.org/10.3126/cdj.v33i47.83471Keywords:
इकोलोजी, परिवृत्तीय, पारिस्थितिक, पर्यावरण, सन्तुलनAbstract
‘बूढो रुख कथामा पर्यावरण’ शीर्षकको प्रस्तुत लेख आख्यानकार डी. आर. राईको कथासङ्ग्रह खोक्पा (२०८०) मा सङ्गृहीत ‘बूढो रुख’ कथा र त्यसमा अभिव्यक्त पर्यावरणीय चेतनाको विश्लेषणमा केन्द्रित छ । समय क्रमसँगै विभिन्न किसिमका आवश्यकता र आधुनिकीकरणप्रतिको मोहका कारण मानिसहरूले प्रकृतिमाथि गर्दै आएको ध्वंशले निम्त्याएको असरका सम्बन्धमा जागृत चेतना नै पर्यावरणीय चेतना हो । विकासका नाममा प्रकृतिमाथि मान्छेले गरेको विनाश र त्यसले पर्यावरणमा पारेको असरप्रतिको चेतनालाई ‘बूढो रुख’ कथामा कसरी प्रस्तुत गरिएको छ भन्ने मूल जिज्ञासाको समाधान गर्ने लक्ष्य यस लेखले राखेको छ । यसले प्रकृति र मानवबिचको सम्बन्ध, प्रकृतिको विनाशले मानवीय जीवनमा पुगेको असर तथा प्रकृतिको संरक्षणप्रति जागृत पर्यावरणीय चेतनासम्बन्धी मान्यतालाई कृति विश्लेषणले सैद्धान्तिक ढाँचाका रूपमा लिई निर्धारित कथाको तथ्यगत विश्लेषण
गरेको छ । बिसौँ शताब्दीमा पाश्चात्य जगत्मा विकसित पर्यावरणीय चेतनासम्बन्धी साहित्यसिद्धान्तका आधारमा कृतिको विश्लेषण गरिएको हुनाले यो लेख निगमनात्मक प्रकृतिको बन्न पुगेको छ । यसमा सामग्री सङ्कलनका क्रममा पुस्तकालयीय पद्धतिलाई अवलम्बन गरिएको छ । प्राथमिक सामग्रीका रूपमा ‘बूढो रुख’ कथालाई लिइएको यस लेखमा विश्लेष्य कथासँग सम्बन्धित लेख, समीक्षा तथा विश्लेषण र पर्यावरणीय चेतनासँग सम्बन्धित अध्ययनलाई द्वितीयक सामग्रीका रूपमा लिइएको छ । ‘बूढो रुख’ कथामा प्रकृतिको विनाश नै मानवजीवनको विनाशको प्रमुख कारण भएको र प्रकृति तथा मानवबिच भौतिक एवम् आत्मीय सम्बन्ध रहेको विचारका माध्यमबाट पर्यावरणीय चेतनाको प्रस्तुति गरिएको निष्कर्ष यस लेखले निकालेको छ । साथै पुँजीवाद र आधुनिकीकरणका नाममा विभिन्न औजार तथा कलकारखानाको विकास हुँदै गएपछि प्रकृतिमा पर्न गएको नकारात्मक प्रभाव तथा
विकासले निम्त्याएको जोखिमप्रति सचेत हुन यस कथाले आग्रह गरेको हुनाले पर्यावरणीय चेतनाका हिसाबले यो कथा सशक्त बनेको निष्कर्ष पनि यस लेखको रहेको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Curriculum Development Centre, Tribhuvan University