स्नातक तहमा समाविष्ट कथामा भाषाशैली
DOI:
https://doi.org/10.3126/cdj.v33i47.83473Keywords:
स्नातक तह, स्नातक नेपाली, भाषाशैली, भाषाशैली अध्ययनका आधारAbstract
प्रस्तुत लेख स्नातक तहमा समाविष्ट कथाहरूमा प्रयोग गरिएको भाषाशैली अध्ययनमा आधारित रहेको छ । स्नातक तहमा समाविष्ट कथामा निहित भाषाशैलीको अध्ययन गर्नु, निर्दिष्ट कथामा प्रयुक्त भाषाशैलीको प्रकृति विश्लेषण गर्नु र निर्दिष्ट कथामा व्यवहृत भाषाशैली सम्बन्धमा अध्ययनरत विद्यार्थीहरूको दृष्टिकोण प्रस्तुत गर्नु यस लेखका मुख्य उद्देश्य रहेका छन् । प्रस्तुत लेख गुणात्मक अनुसन्धान विधिमा आधारित रहेको छ । यस लेखमा पुस्तकालयीय कार्य तथा सर्वेक्षण विधिका माध्यमबाट आवश्यक तथ्य सङ्कलन गरिएको छ । यस क्रममा कथाको भाषाशैलीसम्बद्ध सैद्धान्तिक सामग्रीहरूको अध्ययन–विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययनमा कथा सिद्धान्तका बारेमा चर्चा गरिएका सैद्धान्तिक सामग्रीहरूलाई मुख्य सामग्रीका रूपमा उपयोग गरिएको छ भने विद्यार्थीबाट प्राप्त तथ्यलाई प्राथमिक सामग्रीका रूपमा उपयोग गरिएको छ । यस अध्ययनका आधारमा स्नातक तहमा समाविष्ट कथाहरूमा परम्परागत, आधुनिक, औपचारिक, अनौपचारिक, संवृत्त र विवृत्त भाषाशैलीको प्रयोग गरिएको, कुनै पनि कथाको भाषाशैली सरल, सहज, बोधगम्य र मौलिक हुनेपर्ने धारणा विद्यार्थीहरूबाट प्राप्त भएको, यद्यपि स्नातक तहमा समाविष्ट कथामा निहित भाषाशैली सम्बन्धमा विद्यार्थीहरूमा अपेक्षाकृत जानकारी नरहेको लगायतका निष्कर्ष निकालिएको छ । प्रस्तुत अध्ययनले स्नातक तहमा समावेश गरिएका कथाका रचनाकार, अध्यापनरत शिक्षक, अध्ययनरत विद्यार्थीका अलावा यस क्षेत्रमा अध्ययन गर्न चाहने जोकोहीलाई पनि आवश्यकीय ज्ञान प्राप्त गर्न सघाउ पु¥याउने अपेक्षा गरिएको छ । सङ्गृही र आधुनिकीकरणप्रतिको
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Curriculum Development Centre, Tribhuvan University