मैले सरिताको हत्या गरें कथामा कथनीयता
DOI:
https://doi.org/10.3126/cdj.v33i47.83475Keywords:
सङ्केन्द्रक, समाख्याता, परिदृश्य, कार्य चेतनाAbstract
प्रस्तुत लेख ‘मैले सरिताको हत्या गरेँ’ कथाको कथनीयताको अध्ययनमा केन्द्रित रहेको छ । यस लेखमा कथनीयताअन्तर्गत मुख्य रूपमा उक्त कथाको कथनीय सार तथा कथनीयताको गुणको विश्लेषणात्मक मूल्याङ्कन गरिएको छ । कथनीयता कथाभित्रको विशिष्ट कथात्मक गुण हो र यसकै जगमा कथा कथनयोग्य बन्दछ । यस लेखमा कथनीयताको यही सैद्धान्तिक मान्यताका
आधारमा ‘मैले सरतिाको हत्या गरेँ’ कथामा पाइने कथनीयताको विश्लेषण गरिएको छ । यसमा पुस्तकालयीय कार्यबाट सामग्री सङ्कलन गरिएको छ भने प्राथमिक सामग्री छनौटमा सोद्देश्य नमुना पद्धतिलाई अपनाइएको छ । पाठ विश्लेषणमा आधारित भई शब्द र वाक्यको विश्लेषण गरी अर्थ निर्धारण गरिएकाले यो गुणात्मक अध्ययन पद्धतिको अवलम्बनबाट गरिएको अध्ययन हो । यसमा सामग्री विश्लेषण गर्दा सैद्धान्तिक ढाँचामा कथनीयताको सैद्धान्तिक स्वरूपको उपयोग गरिएको छ । विश्लेषणको ढाँचाअन्तर्गत कथनीयताका सूचकको निर्माण गरी त्यसकै आधारमा सामग्री विश्लेषण गरिएको छ । यस लेखमा कथनीयता सम्बद्ध पक्षको अध्ययन गरी तिनकोे अन्तःसम्बन्धबाट निर्मित कथासंरचना र त्यसमा अन्तर्निहित कला पक्षको निरूपण पनि गरिएको छ । यस अध्ययनमा प्रस्तुत कथामा मूलतः अपराध मनोवृत्तिलाई कथनीयता बनाइएको छ र कथनीयता अनुकूल काल्पनिक घटना एवम् पात्रको संयोजन गरी कथनीयताको उपयुक्त ढङ्गले नाटकीकरण गरिएकाले कथनीयता विश्वसनीय बन्नुका साथै कलात्मक पनि बनेको पाइन्छ भन्ने निष्कर्ष प्रस्तुत गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Curriculum Development Centre, Tribhuvan University