देवकोटाका कवितामा दलित चेतना

Authors

Keywords:

छुवाछुत, जातिवाद, दलित चेतना, प्रतिरोध, वर्चस्व

Abstract

प्रस्तुत अध्ययनमा लक्ष्मीप्रसाद देवकोटाको कवित्वमा प्रकट भएको दलित चेतना र दलित सौन्दर्यको विश्‍लेषण गरिएको छ । यस अध्ययनमा कवि देवकोटालाई नेपाली समाजको सांस्कृतिक स्वरूपको बोध गर्दै सामाजिक न्याय र समतापूर्ण समाजको निर्माण गर्ने स्रष्टाका रूपमा चिनाइएको छ । देवकोटा मानवतावादी चिन्तन व्यक्त गर्ने लेखकका रूपमा अध्ययन गरिएको भए पनि उनका कवितामा दलित चेतनाको पक्षको खोजी नगरिएको सन्दर्भमा यस लेखमा देवकोटाका पाँचवटा कवितालाई प्राथमिक सामग्रीका रूपमा चयन गरी महिला सौन्दर्यको वर्णन, समतामूलक समाजको चाहना, दलितपनाको चित्रण, वर्चस्वको अभिव्यक्ति र प्रतिरोधी चेतनाका आधारमा देवकोटाको कवित्वमा रहेको दलित चेतनाको विश्‍लेषण गरिएको छ । यसका लागि पाठविश्‍लेषण विधिको प्रयोग गरिएको छ । यस लेखमा लक्ष्मी कविता सङ्ग्रहका ‘एक सुन्दरी च्यामिनीप्रति’, ‘मातृभूमिको माटो रुन्छ’, ‘सार्की’, ‘सिस्नोको गुनासो’ र लक्ष्मी गीति सङ्ग्रहको ‘दमाईँ दाइ’ कवितामा व्यक्त भएको दलित जातिप्रतिको संवेदनशील अभिव्यक्तिलाई दलित चेतनाका विविध पक्षबाट अध्ययन गर्दा देवकोटालाई जातपातको विरुद्ध सामाजिक संचेतनाको सुरुआत गर्ने नेपाली समाजको रूपान्तरणका कविका रहेको निष्कर्ष निकालिएकोे छ । देवकोटाको दलित साहित्य चिन्तनमा भौतिकवादी चेतनाका साथै अन्याय अत्याचारका विरुद्ध अधिकार र मूल्यको खोजी, दलित अस्मिता र पहिचान, सामाजिक समानता एवम् दासत्व मुक्तिको चेतना प्रकट भएको निष्कर्ष पनि निकालिएको छ । यस लेखमा देवकोटालाई छुवाछुत र जातिवादका विरुद्ध प्रतिरोधी चेतना भएका कविका रूपमा चिनाइएको छ । देवकोटाका कविताले शासकीय वर्चस्वका विरुद्ध आवाज उठाएका छन् भन्ने निष्कर्ष निकालिएको छ ।.

Abstract
122
PDF (Nepali)
0

Downloads

Published

2025-08-27

How to Cite

Dhakal, R. (2025). देवकोटाका कवितामा दलित चेतना. Curriculum Development Journal, 33(47), 181-193. https://doi.org/10.3126/cdj.v33i47.83479

Issue

Section

Articles

How to Cite

Dhakal, R. (2025). देवकोटाका कवितामा दलित चेतना. Curriculum Development Journal, 33(47), 181-193. https://doi.org/10.3126/cdj.v33i47.83479