स्नातक तहमा अनिवार्य नेपाली विषयका पाठ्यक्रममा समाविष्ट व्याकरणका पाठ्यांशको विश्लेषण

Authors

  • Sukum Sharma केन्द्रीय क्याम्पस, त्रि.वि, काठमाडौँ

DOI:

https://doi.org/10.3126/cdj.v33i47.83481

Keywords:

वर्णव्याकरण, शब्दव्याकरण, वाक्यव्याकरण, पाठव्याकरण, शैक्षणिक व्याकरण, परम्परागत व्याकरण, वर्णनात्मक व्याकरण

Abstract

प्रस्तुत लेखमा स्नातक तहमा अनिवार्य नेपाली विषयको पाठ्यक्रममा प्रस्तुत व्याकरणका पाठ्यांशको व्याकरण चिन्तनका आधारबाट विश्लेषण गरी उक्त पाठ्यांशको मूल्याड्कन गरिएको छ । नेपालमा त्रिचन्द्र कलेजको स्थापना भएसँगै उच्च शिक्षाको आरम्भ भएको हो र उच्च शिक्षामा नेपाली भाषाको शिक्षण पनि त्यही समयबाट भएको हो । त्रिभुवन विश्वविद्यालयको स्थापना भई उच्च तहमा विविध विषयसँगै नेपाली भाषासाहित्यको शिक्षण पनि अघि बढेको हो । हाल स्नातक तहअन्तर्गत मानविकी तथा सामाजिक शास्त्र सङ्काय र शिक्षा शास्त्र सङ्कायमा वार्षिक प्रणालीअनुसार अनिवार्य नेपाली शिक्षण हुने तथा मानविकी तथा सामाजिक शास्त्र सङ्कायमा भने सत्र प्रणालीअनुसारका शिक्षणमा पनि अनिवार्य नेपाली समावेश भएको छ । अनिवार्य नेपालीमा समावेश गरिएको व्याकरणका पाठयांशको व्याकरणात्मक विश्लेषण या व्याकरण चिन्तनका विषयमा विश्लेषण गर्नु यस लेखको उद्देश्य हो ।  यसमा व्याकरण चिन्तन परम्परागत व्याकरण, ऐतिहासिक व्याकरण र वर्णनात्मक व्याकरणका परम्पराबाट खोजी गर्दै यस मान्यताका केन्द्रमा रहेर पाठ्यांशमा प्रस्तुत वर्णव्याकरण, शब्दव्याकरण, वाक्यव्याकरण,पाठव्याकरणका आधारभूत मान्यतालाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी गुणात्मक अनुसन्धान पद्धतिअन्तर्गत विषय विश्लेषण विधिको प्रयोग गरिएको छ । यस क्रममा शैक्षणिक एकाइको चिनारीसहित वर्णव्याकरण, शब्दव्याकरण, वाक्यव्याकरण,पाठव्याकरणका आधार भूत व्याकरण चिन्तनको मूल्याड्कन गरिएको छ । पाठ्यक्रम वर्णव्याकरणबाट पाठव्याकरणसम्मको शैक्षणिक एकाइमा बिस्तार भए पनि परम्परागत व्याकरण चिन्तनबाट मुक्त नभएको र वर्णनात्मक या भाषावैज्ञानिक व्याकरण चिन्तनको शैक्षणिक प्रयोजनसित भाषापाठका आधारमा व्याकरण पाठ्यांशमा निर्धारण हुनपर्ने देखिन्छ । राष्ट्रिय आवश्यकताअनुसार वाड्मय निर्माण,माध्यम तथा कार्यालयीय प्रयोजनका सन्दर्भमा भाषिक सिपको आर्जनका लागि त्रिभुवन विश्वविद्यालयका सबै संस्थान र सङ्कायमा अनिवार्य नेपालीको शैक्षणिक प्रयोजनको आवश्यकता र त्यसअनुरूप व्याकरण पाठ्यांशको संयोजन हुनपर्ने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
70
PDF (नेपाली)
43

Published

2025-08-27

How to Cite

Sharma, S. (2025). स्नातक तहमा अनिवार्य नेपाली विषयका पाठ्यक्रममा समाविष्ट व्याकरणका पाठ्यांशको विश्लेषण. Curriculum Development Journal, 33(47), 195–205. https://doi.org/10.3126/cdj.v33i47.83481

Issue

Section

Articles