समाजशास्त्र शिक्षणको रूपान्तरण र जटिलता

Authors

Keywords:

उच्चशिक्षा, शिक्षणशास्त्र, विद्यार्थी सहभािगता, सक्रिय सिकाइ, सनातन विमर्श, समाजशास्त्रीय शिक्षणविधि

Abstract

बदलिँदो सामाजिक जटिलता, सार्वजनिक बहसको विस्तार र अनुसन्धानमा आधारित ज्ञानको तीव्र प्रवाहसँगै समाजशास्त्र शिक्षण–सिकाइका परम्परागत ढाँचाहरू अपर्याप्त बन्दै गएका छन । यसै सन्दर्भमा विश्वविद्यालयस्तरीय समाजशास्त्र शिक्षण योजनाबद्ध पाठ्यक्रममा मात्र सीमित नरही समसामयिक सामाजिक सवाल, अनुभवजन्य अनसन्धानका निष्कर्ष र सार्वजनिक समाजशास्त्रीय विमर्शसँग जोडिन आवश्यक छ । यस अध्ययनको उद्देश्य विश्वविद्यालय तहमा समाजशास्त्र शिक्षण सिकाइमा आएको रूपान्तरण र त्यससँग सम्बद्ध जटिलताहरूको विश्लषण गर्नु हो । अध्ययन त्रिभुवन विश्वविद्यालयअन्तर्गत पृथ्वीनारायण क्याम्पसमा स्नातक र स्नातकोत्तर तहमा गरिएको २३ वर्षे शिक्षण अनुभवमा आधारित छ । आत्मचिन्तनात्मक विधि अवलम्बन गरी कक्षागत अनुभव, विद्यार्थी–अध्यापक अन्तक्रिया, ज्ञान–विनिमय तथा कक्षाभित्र र कक्षाबाहिरका सिकाइ स्रोतहरूको प्रयोगसम्बन्धी अनुभवको विश्लेषण गरिएको छ । अध्ययनका निष्कर्षले विद्यार्थी–अध्यापक सम्बन्ध, विद्यार्थीको जिज्ञासा र ज्ञानबिचको अन्तरआयामिक पारस्परिकता तथा विविध ज्ञान स्रोतको एकीकरणले प्रभावकारी शिक्षण पद्धति निर्माणमा निर्णायक भुमिका खेल्ने देखाउछन् । विद्यार्थीहरू बहुआयामिक दृष्टिकोणबाट सामाजिक प्रश्नहरूको अन्वेषण गर्न प्रेरित हुँदै गएका छन् भने अध्यापकका लागि विद्यार्थी जिज्ञासाको सम्बोधन, ज्ञानको प्रभावकारी व्यवस्थापन र कक्षागत अन्तक्रियाको सहजीकरण शिक्षण–सिकाइका केन्द्रीय पक्ष बनेका छन् । समग्रमा, विश्वविद्यालय कक्षामा शिक्षण पद्धितको रूपान्तरणले शिक्षणको गुणस्तर र पेशागत जवाफदेहिता अभिवृद्धि गर्नुका साथै उच्च शिक्षाप्रति सार्वजनिक विश्वास सुदृढ गर्न योगदान पुऱ्याउन सक्छ ।

[Conventional approaches to teaching sociology have become increasingly inadequate in an era of growing social complexity. At the university level, sociology teaching needs to move beyond a fixed curriculum to engage meaningfully with contemporary social issues, emerging research practice and the principles of public sociology. This study aims to critically examine the pedagogical transformations and complexities of teaching and learning sociology over time. Drawing on an autoethnographic approach, it reflects on 23 years of teaching experience at the Bachelor’s and Master’s levels at Prithvi Narayan Campus, Tribhuvan University. The analysis reveals that pedagogical practices are shaped by four interrelated dimensions: the evolving teacher–student relationship, the reciprocal interplay between curiosity and knowledge, multidimensional reciprocity in the classroom and the integration of socialization processes both within and beyond the classroom. It also shows that students are increasingly inclined to explore sociological questions from multiple perspectives, while a teacher’s responsiveness to student curiosity and ability to engage meaningfully with knowledge remain central to quality teaching. The study argues that critical reflection on and transformation of pedagogical practices can enhance the quality of university teaching, strengthen teacher accountability and help build greater public trust in higher education.]

Abstract
134
PDF (Nepali)
39

Downloads

Published

2026-09-30

Issue

Section

Articles

How to Cite

Baral, R. (2026). समाजशास्त्र शिक्षणको रूपान्तरण र जटिलता. Curriculum Development Journal, 34(1), 111-136. https://doi.org/10.3126/cdj.v34i1.89858