त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर तह नेपाली विषयका पाठ्‍यक्रम (२०८०) को मूल्याङ्कन

Authors

Keywords:

अन्तरिवषयकता, ज्ञानशिक्त, लिङ्गक प्रितिनिधत्व, सन्दभसामग्री, समाविशता

Abstract

प्रस्तुत अनुसन्धानमूलक लेखमा त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत नपाली विषयको स्नातकोत्तर (एम.ए.) तहको पाठ्यक्रम (२०८०) को समीक्षात्मक मूल्याङ्कन प्रस्तुत गरिएको छ । चार सत्रमा पठनपाठन गर्ने गरी ६३ पाठघण्टा (क्रेडिट आवर) मा संरचित यस पाठ्यक्रमको सैद्धान्तिक र व्यावहारिक पक्षको प्रासङ्गिकता यहाँ परीक्षण गरिएको छ । यहाँ पाठ्यक्रमको दस्तावेजको विश्लेषण, विषयवस्तुको तुलनात्मक अध्ययन तथा समकालीन शैक्षिक र साहित्यिक प्रवृत्तिसँग यसको सम्बन्धको गुणात्मक समीक्षा पनि गरिएको छ । यस अध्ययनले प्रस्तुत पाठ्यक्रमनिर्माण प्रक्रियामा लोकतान्त्रिक सहभागिताको पक्ष अपेक्षाकृत कम सेमटिएको, पुरुष लेखकहरूको प्रतिनिधित्व बढी रहको, सन्दर्भग्रन्थहरूको दायरा सीमित देखिएको, अद्यावधिक सामग्रीको समावेशीकरण पर्याप्त नभएको तथा अन्तरविषयक दृष्टिको प्रयोग न्यून रहको अवस्था अवलोकन गरिएको छ । यस प्रकृतिका समस्याले पाठ्यक्रमको समावेशिता र सान्दर्भिकता कमजोर बनाएको छ । त्यसैले सहभागीमुखी पाठ्यक्रमनिर्माण प्रक्रिया, यसमा लैङ्गिक सन्तुलन, समकालीन र आधिकारिक सन्दर्भसामग्रीको समावेश र अन्तरविषयक विस्तारमार्फत पाठ्यक्रम सुधारका व्यावहारिक उपाय निक्र्यौल गरिएका छन् ।

[This article presents a critical evaluation of the Master’s (M.A.) level curriculum (2023) in Nepali studies under the Faculty of Humanities and Social Sciences at Tribhuvan University. The study examines the relevance of both the theoretical and practical components of the curriculum, which is structured into four semesters comprising 63 credit hours. It includes an analysis of curriculum documents, a comparative study of course contents, and a qualitative review of its alignment with contemporary educational and literary trends. The study identifies several issues in the curriculum development process, including a lack of democratic participation, the dominance of male authors, reliance on limited and contextually inadequate reference materials, insufficient inclusion of updated content, and a weak interdisciplinary approach. These challenges undermine the inclusivity and relevance of the curriculum. Accordingly, the article proposes practical measures for improvement, including a participatory development process, gender balance, incorporation of contemporary and authoritative reference materials, and expansion toward an interdisciplinary framework.]

Abstract
19
PDF (Nepali)
25

Downloads

Published

2026-09-30

Issue

Section

Articles

How to Cite

Thapa, A. (2026). त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर तह नेपाली विषयका पाठ्‍यक्रम (२०८०) को मूल्याङ्कन. Curriculum Development Journal, 34(1), 137-155. https://doi.org/10.3126/cdj.v34i1.93369