बहुभाषिक कक्षाको नेपाली भाषा सिकाइ उपलब्धि {Nepali Language Learning Achievement in Multilingual Classrooms}
DOI:
https://doi.org/10.3126/ej.v4i2.88558Keywords:
द्विभाषिक { bilingual}, बहुभाषिकता { multilingualism}, भाषिक विविधता { linguistic diversity}, बहुभाषिक कक्षा { multilingual classroom}Abstract
प्रस्तुत अध्ययनले सामुदायिक विद्यालयका बहुभाषिक कक्षामा नेपाली भाषा सिकाइ उपलब्धिको विश्लेषणमा केन्द्रित रहेको छ । यस अध्ययनमा सामुदायिक विद्यालयका कक्षाको भाषिक परिवेश पहिचान गर्नु र उक्त विद्यार्थीहरूको भाषिक सिकाइ उपलब्धि पत्ता लगाउनु मुख्य उद्देश्य रहेको छ । यसमा परिमाणात्मक ढाँचाकोे अनुप्रयोग गरिएको छ । यसमा उद्देश्यपूर्ण नमुना छनोट प्रक्रियामार्फत कक्षा पाँचमा अध्ययनरत ६० जना विद्यार्थीहरूलाई सहभागीका रूपमा छनोट गरिएको छ । यस अध्ययनमा प्रश्नावली र कक्षाकोठा अवलोकनमार्फत तथ्याङ्क संकलन गरिएको छ । तथ्याङ्क सङ्कलनका लागि शब्दभण्डार, वर्णविन्यास, व्याकरण, पठनबोध, निर्देशित लेखन र स्वतन्त्र लेखनका क्षेत्रमा २५ पूर्णाङ्कको प्रश्नपत्रको प्रयोग गरिएको छ । नेपालमा बहुभाषिक शिक्षासम्बन्धी नीतिहरू निर्माण गरिए पनि प्रभावकारी कार्यान्वयन नभएको, संवैधानिक व्यवस्था र अन्तर्राष्ट्रिय प्रतिबद्धताका बाबजुद पनि राज्यको उदासीनताका कारण बहुभाषिक शिक्षा कार्यक्रम अलपत्र परेको देखिन्छ । सिकाइ उपलब्धि बढाउन बहुभाषिक कक्षाकोठामा सबै भाषाहरूलाई समान महत्त्व दिनुपर्ने र मातृभाषामा आधारित शिक्षण विधिलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । यस अध्ययनमा सहभागी विद्यार्थीहरूमध्ये ३० जना नेपाली मातृभाषी र ३० जना अन्य मातृभाषी (भोजपुरी, मैथिली, ठेठी, मगर, नेवार, राई, थामी, डोटेली, हिन्दी र लामा) बोल्ने रहेका छन् । उक्त कक्षामा जम्मा ११ वटा भाषीक प्रयोक्ता विद्यार्थीहरू भएकाले सहरी क्षेत्रमा अवस्थित सामुदायिक विद्यालयहरूका कक्षाहरू बहुभाषिक रहेको पाइएको छ । यसमा बहुभाषिक कक्षाकोठामा नेपाली मातृभाषी विद्यार्थीहरूको तुलनामा नेपाली इतर मातृभाषी विद्यार्थीहरूको नेपाली भाषा सिकाइ उपलब्धि क्षमता कमजोर रहेको पाइयो । प्रारम्भिक कक्षामा मातृभाषा आधारित बहुभाषिक शिक्षा लागू गर्न सके विद्यार्थीहरूको सिकाइ उपलब्धि, सहभागिता र आत्मविश्वासमा उल्लेखनीय सुधार ल्याउन सकिने निष्कर्ष निकालिएको छ ।
{The present study focuses on analyzing Nepali language learning achievement in multilingual classrooms of community schools. The main objectives of the study are to identify the linguistic environment of community school classrooms and to examine the language learning achievement of the students in those classrooms. A quantitative research design was employed. Using a purposive sampling technique, 60 students studying in Grade Five were selected as participants. Data were collected through questionnaires and classroom observation. For data collection, a 25-mark test paper was used covering vocabulary, orthography, grammar, reading comprehension, guided writing, and free writing. Although policies related to multilingual education have been formulated in Nepal, the study reveals that effective implementation has not been achieved. Despite constitutional provisions and international commitments, multilingual education programs appear to have been neglected due to state apathy. To enhance learning achievement, the study emphasizes the need to give equal importance to all languages in multilingual classrooms and to promote mother-tongue-based instructional approaches.Among the participating students, 30 were native speakers of Nepali and 30 were speakers of other mother tongues (Bhojpuri, Maithili, Thethi, Magar, Newar, Rai, Thami, Doteli, Hindi, and Lama). Since there were students from a total of 11 linguistic backgrounds in the classroom, community school classrooms located in urban areas were found to be multilingual. The study found that, compared to Nepali native speakers, students with non-Nepali mother tongues demonstrated weaker achievement in learning Nepali. The conclusion drawn is that if mother-tongue-based multilingual education is implemented in the early grades, significant improvements can be achieved in students’ learning outcomes, participation, and self-confidence.}