मातृत्व कथामा नारी चेतना
DOI:
https://doi.org/10.3126/endeavour.v2i1.94605Keywords:
नारीचेतना, पहिचान, पितृसत्ता, प्रतिरोध, प्रतिनिधित्वAbstract
यस अनुसन्धनात्मक लेख भागीरथी श्रेष्ठद्वारा लिखित ‘मातृत्व’ कथा ‘क्रमशः’ कथा सङ्ग्रहमा सङ्कलित एक नारी चेतनाको विश्लेषणमा आधारित एक नारीवादी कथा हो । यस लेखमा प्रस्तुत मातृत्व कथालाई विश्लेष्य सामग्रीको रूपमा प्रस्तुत गरी कथामा नारीवादी चेतना के कसरी प्रयुक्त भएको छ ? भन्ने मूल समस्यामा केन्द्रित भई उक्त कथालाई नारीवादी चेतनाका आधारमा विश्लेषण गर्नु यस लेखको प्रमुख उद्देश्य रहेको छ । यस लेखमा मातृत्व कथामा नारीवादी चेतना अन्तर्गत पितृसत्ता, प्रतिरोधी चेतना के कस्तो छ भन्ने प्राज्ञिक जिज्ञासा नै अध्ययनको प्रमुख समस्या रहेको छ भने कथालाई पितृसत्ता, प्रतिरोधी चेतना र प्रतिनिधित्वका आधारमा विश्लेषण गर्नु नै यस लेखको प्रमुख उद्देश्य रहेको छ । यो लेखमा पितृसत्ता, सामाजिक विभेद र प्रतिरोधी चेतनाको ढाँचा प्रस्तुत गरी कथालाई पाठ विश्लेषण विधिका आधारमा व्याख्या विश्लेषण गरी कथामा पितृसत्ताका कारण महिलामा हुने सामाजिक शोषण, शारीरिक तथा मानसिक दबाब र नियन्त्रणका साथै महिलाहरू आफ्नो अधिकार र पहिचानका लागि नारी विरोधी चेतनाका विरूद्धमा कसरी क्रियाशील हुन्छन् भन्ने कुरालाई कथाकी प्रमुख पात्र ममताका माध्यमबाट प्रष्ट पार्न खोजिएको छ । यस अध्ययनका लागि प्राथमिक स्रोतका रूपमा कक्षा १२ को अनिवार्य नेपाली पुस्तकमा सङ्कलित मातृत्व कथालाई लिइएको छ भने द्वितीयक सामग्रीका रूपमा विभिन्न सन्दर्भमा विभिन्न विद्वानहरूले लेखेका सामग्रीहरूलाई पुस्तकालयीय अध्ययन र अनलाइनबाट प्राप्त सामग्रीहरूलाई प्रयोग गरी नारीवादी चेतना, पितृसत्ता र नारीमा रहेको प्रतिरोधी चेतनालाई उजागर गर्न मात्र सीमित बनेको छ । गुणात्मक ढाँचामा आधारित यस अनुसन्धानमा नारीहरू सबै कुरा सहेर बस्न सकेका हुन्छन् तर आफ्नो मातृत्वलाई प्रबल, सुदृढ र समुन्नत बनाउन कुनै पनि कुरासँग सम्झौता गर्दैनन् भन्ने निष्कर्षका रूपमा यो लेख टुङ्गिएको छ ।