भूपी शेरचनका कवितामा भाषिक विचलन

Authors

  • Indu Shrestha वालिङ बहुमुखी क्याम्पस

Keywords:

अग्रभूमीकरण, वक्रोक्ति, पर्यायमूलकता, श्रुतिमधुर

Abstract

प्रस्तुत लेख कवि भूपी शेरचनद्वारा लिखित कवितामा भाषिक विचलनसम्बन्धी अध्ययनमा केन्द्रित छ । यो  अनुसन्धान गुणात्मक प्रकृतिको भएकाले सामग्रीको सङ्कलन पुस्तकालयीय कार्यबाट गरिएको छ । यसमा विश्लेषणका लागि छनोट गरिएका भूपी शेरचनका ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कविता सङ्ग्रहलाई प्राथमिक सामग्रीका रूपमा लिइएको छ भने विचलनको सिद्धान्तसँग पुस्तक तथा लेखहरूलाई द्वितीय सामग्रीका रुपमा लिइएको छ । यस लेखमा ‘भूपी शेरचनका घुम्ने मेचमाथि अन्धो मान्छे’ कविता सङ्ग्रहमा भाषिक विचलन के कस्तो रहेको छ ? भन्ने मूल समस्यामा केन्द्रित भई उक्त समस्याको समाधान गर्नु मुख्य उद्देश्य रहेको छ । गुणात्मक ढाँचामा आधारित यस अनुसन्धानमा भाषिक विचलनको विश्लेषण गर्दा वर्णनात्मक र विश्लेषणात्मक विधिको प्रयोग गरिएको छ । कविता साहित्यको महत्वपूर्ण विधा हो जसमा भाषा केवल विचार अभिव्यक्तिको माध्यम मात्र नभई सौन्दर्य सिर्जनाको साधन पनि हो । कवितामा प्रयोग हुने भाषा सामान्य भाषाभन्दा फरक हुन्छ । कविले भाव, अनुभूति र कलात्मक प्रकट गर्न भाषाका प्रचलित नियम, संरचना तथा प्रयोगबाट भिन्न शैली अपनाउँछन् जसलाई भाषिक विचलन भनिन्छ । भाषिक विचलन अग्रभूमि निर्माणको एउटा उपाय हो । भाषा प्रयोगलाई आफ्ना स्वचालित तथा अपरिचित प्रयोग व्यवस्थाबाट मुक्त गरी एकदमै नवीन, आश्चर्यजनक तथा आकर्षण बनाई भावाभिव्यक्तिलाई अझ प्रभावकारी पार्नु भाषिक विचलनको मूल अभीष्ट भएकाले यस अध्ययनबाट पनि भाषिक विचलनको प्रयोगले भूपी शेरचनका कविता आलङ्कारिक, वक्रोक्तिमय र प्रभावकारी बनेको छ भन्ने निष्कर्ष प्राप्त भएको छ ।

Abstract
50
PDF (Nepali)
1

Author Biography

Indu Shrestha, वालिङ बहुमुखी क्याम्पस

उपप्राध्यापक, नेपाली विषय विभाग

Downloads

Published

2026-05-19

How to Cite

Shrestha, I. (2026). भूपी शेरचनका कवितामा भाषिक विचलन. An ENDEAVOUR: Journal of Academia and Research, 2(1), 148-158. https://doi.org/10.3126/endeavour.v2i1.94606

Issue

Section

Articles

How to Cite

Shrestha, I. (2026). भूपी शेरचनका कवितामा भाषिक विचलन. An ENDEAVOUR: Journal of Academia and Research, 2(1), 148-158. https://doi.org/10.3126/endeavour.v2i1.94606