हिमालयतिर हेर कवितासङ्ग्रहमा प्रगतिवादी चेतना
DOI:
https://doi.org/10.3126/endeavour.v2i1.94607Keywords:
क्रान्ति, जनयुद्ध, सर्वहारा, सशस्त्र, सामन्तवादAbstract
कवि राजेन्द्र पौडेलको प्रगतिवादी कवि हुन् । उनले अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर तह पूरा गरेका छन् । उनको कलम कविता र निबन्धमा चलेको छ । उनका फुटकर कविता र निबन्ध विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । यो अनुसन्धानात्मक लेख कवि राजेन्द्र पौडेलको ‘हिमालयतिर हेर’ कवितासङ्ग्रह (२०६५) मा प्रगतिवादी चेतनासँग सम्बन्धित छ । यस लेखको मुख्य ध्येय प्रगतिवादी दृष्टिकोणबाट हिमालयतिर हेर कवितासङ्ग्रहका कविताहरूको विश्लेषण गर्नु हो । यस कृतिमा समेटिएका कविताहरूमा प्रतीकात्मक शैलीमा समाजमा व्याप्त शोषण, दमन, अन्याय, अत्याचार, हत्याहिंसाजस्ता सामाजिक विकृतिहरूप्रति रोष प्रकट गरिएको पाइन्छ । यस अनुसन्धान मुख्यतः पुस्तकालयीय अध्ययन पद्धतिलाई आधार मानी तयार पारिएको यस खोजकार्यबाट कवि राजेन्द्र पौडेल र उनको हिमालयतिर हेर कवितासङ्ग्रहलाई प्रगतिवादी चश्माले हेर्न चाहने अध्यताहरू लाभान्वित हुने अपेक्षा गरिएको छ ।