नेपाली भाषा शिक्षकले प्राप्त गर्ने शैक्षणिक सहयोग

Authors

  • Nani Maya Rana नेपाली शिक्षा केन्द्रीय विभाग मध्यपश्चिम विश्वविद्यालय, सुर्खेत

DOI:

https://doi.org/10.3126/fwje.v2i01.83331

Keywords:

समीक्षा, कार्यशाला, सहकार्य

Abstract

भाषा शिक्षण सिकाइमा शिक्षकलाई विभिन्न पक्षले सहयोग गर्नुपर्ने हुन्छ । प्रस्तुत अध्ययनमा नेपाली भाषा शिक्षकलाई विद्यार्थी, अभिभावक, विद्यालय प्रशासनबाट प्राप्त हुने सहयोगको विश्लेषण गर्ने उद्देश्य राखिएको छ । यसका लागि कार्यरत शिक्षक, विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षसँग छुट्टाछुट्टै खुला अन्तर्वार्ता लिइएको छ । यस उपायबाट सङ्कलन गरिएको तथ्याङ्कलाई विश्लेषण गरी नेपाली शिक्षकलाई भइरहेको सहयोग र गर्न सकिने सहयोगका सम्बन्धमा निष्कर्ष प्राप्त गरिएको छ । शिक्षकलाई कक्षामा कार्यकलाप सञ्चालन गर्ने क्रममा सीमित विद्यार्थीबाट मात्र सहयोग भएको छ । विद्यालय प्रशासनबाट नेपाली विषयका लागि विशेष सहयोग भने गरिएको छैन । यस सम्बन्धमा अभिभावकको भूमिका कमजोर पाइएको छ । विद्यालय व्यवस्थापन समितिबाट कुनै विषय विशेषमा भन्दा समग्र वातावरण निर्माणमा सहयोग भएको छ । स्थानीय निकायको भूमिका विद्यालय व्यवस्थापन समितिसँग समान रहेको छ । शिक्षकले शिक्षण कार्यमा आफू एक्लो भएको, यसका लागि अन्य पक्षको प्रत्यक्ष सहयोगात्मक भूमिका नहुने बताएका छन् । शिक्षक लगायत शिक्षण सिकाइ प्रणालीसँग सम्बन्धित सबै पक्षहहरूका बिच सामयिक छलफल तथा अन्तरक्रिया गरी यस कार्यमा आपसमा समन्वय कायम गर्न आवश्यक देखिन्छ । कक्षा शिक्षण सिकाइमा शिक्षा प्रणालीसँग सम्बन्धित पक्षहरूका बिच आपसी सहयोग र समन्वय भएको खण्डमा यो प्रभावकारी र उद्देश्यमूलक बन्न सक्छ ।

Downloads

Download data is not yet available.
Abstract
73
PDF (नेपाली)
33

Published

2025-08-20

How to Cite

Rana, N. M. (2025). नेपाली भाषा शिक्षकले प्राप्त गर्ने शैक्षणिक सहयोग. Far Western Journal of Education, 2(01), 117–131. https://doi.org/10.3126/fwje.v2i01.83331

Issue

Section

Articles