माध्यमिक तहको आन्तरिक मूल्याङ्कनप्रति नेपाली भाषा शिक्षकहरूको दृष्टिकोण

Authors

  • Laxmi Prasad Acharya नेपाली शिक्षा केन्द्रीय विभाग, मध्यपश्चिम विश्वविद्यालय, सुर्खेत
  • Bhupendra BC अमरज्योति माध्यमिक विद्यालय, सुर्खेत

DOI:

https://doi.org/10.3126/fwje.v2i01.83353

Keywords:

कार्यान्वयन, दृष्टिकोण, विश्वसनीयता, कार्यसञ्चयिका

Abstract

प्रस्तुत लेखमा माध्यमिक तहको नेपाली विषयको आन्तरिक मूल्याङ्कनको व्यावहारिक उपयोग गर्ने पद्धतिप्रति शिक्षकहरुका धारणालाई विश्लेषण गरिएको छ । यसमा माध्यमिक तहको पाठ्यक्रमले निर्धारण गरेको आन्तरिक मूल्याङ्कन पद्धतिको कार्यान्वयनको अवस्था, प्रभाव र त्यसमा देखिएको समस्या पहिल्याउने उद्देश्य राखिएको छ । अध्ययनका लागि सङ्ख्यात्मक र शाब्दिक दुवै प्रकृतिका तथ्याङ्कको उपयोग गरिएको छ । यसका लागि सुर्खेत जिल्लाका माध्यमिक तहमा नेपाली विषय शिक्षण गर्ने पैंतिसजना शिक्षकहरूसँग बन्द प्रश्नावली र पाँचजना शिक्षकसँग प्रत्यक्ष अन्तर्वार्ताका आधारमा आवश्यक तथ्याङ्क लिइएको छ । तथ्याङ्कको प्रकृतिअनुसार विश्लेषण गरी परिमाणात्मक तथ्याङ्कलाई चित्रात्मक र गुणात्मक तथ्यलाई विषयीगत रूपमा प्रस्तुत गरिएको छ । सहभागी शिक्षकहरूबाट विद्यार्थीका सिकाइ उपलब्धिका साथै उनीहरूमा व्यावहारिक परिवर्तनका लागि आन्तरिक मूल्याङ्कन सहयोगी हुने धारणा प्राप्त भएको छ । उनीहरूले यसको कार्यान्वयन प्रक्रिया भने कमजोर भएको औंल्याएका छन् । यसको सही प्रयोग हुन नसक्दा विद्यार्थी मूल्याङ्कनको समग्र प्रक्रियासमेत विश्वसनीय बन्न नसकेको विचार उनीहरूको छ । शिक्षकहरूले आन्तरिक मूल्याङ्कनका क्रममा कार्यसञ्चयिकाको प्रयोग नगरिनुका साथै आन्तरिक मूल्याङ्कनका निर्धारित प्रक्रिया प्रभावकारी रूपमा उपयोगमा ल्याउन नसकिएको धारणा प्रस्तुत गरेका छन् । आन्तरिक मूल्याङ्कनलाई उपलब्धिमूलक बनाउन शिक्षकको पेसागत विकासका कार्यक्रमहरूको आयोजनाका साथै यसका निर्धारित मापदण्डको प्रभावकारी कार्यान्वयन र यसको सुपरीवेक्षण पक्षलाई प्रभावकारी बनाउन आवश्यक रहेको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
133
PDF (नेपाली)
63

Published

2025-08-20

How to Cite

Acharya, L. P., & BC, B. (2025). माध्यमिक तहको आन्तरिक मूल्याङ्कनप्रति नेपाली भाषा शिक्षकहरूको दृष्टिकोण. Far Western Journal of Education, 2(01), 132–152. https://doi.org/10.3126/fwje.v2i01.83353

Issue

Section

Articles