ऋतुविचार खण्डकाव्यमा नेपाली समाज र प्रकृतिको प्रतिविम्ब

Authors

Keywords:

ऋतु, सौन्दर्य, प्रकृति, समाज, सांस्कृतिक चेतना

Abstract

प्रस्तुत लेखमा ऋतुविचार खण्डकाव्यमा नेपाली समाज र प्रकृतिको प्रतिविम्ब शीर्षकमा आधारित रहेर त्यसको व्याख्या, वर्णन र विश्लेषण गरिएको छ । गुणात्मक ढाँचामा संरचित यस लेखमा सामग्री सङ्कलन, पुस्तकालय अध्ययन र सामग्रीको विश्लेषण वर्णनात्मक विधिबाट गरिएको छ । यस लेखमा ऋतुविचार खण्डकाव्यमा नेपाली समाज र प्रकृतिको प्रतिविम्बका विभिन्न पक्षहरुको विश्लेषण गर्दै निष्कर्षमा पुग्ने प्रयास गरिएको छ । ऋतुविचार खण्डकाव्य नेपाली साहित्यमा प्रकृति र समाजको घनिष्ठ सम्बन्धलाई कलात्मक ढङ्गले प्रस्तुत गर्ने महत्वपूर्ण कृति हो । यस काव्यमा विभिन्न ऋतुहरूको जीवन्त चित्रणमार्फत नेपाली समाजको दैनन्दिन जीवन, संस्कार, संस्कृतिका आयाम र प्रकृतिसँगको अन्तरसम्बन्ध प्रकट गरिएको छ । लेखकले वर्षभरि आउने ऋतु परिवर्तनलाई केवल प्राकृतिक दृश्यको वर्णनमा सीमित नराखी त्यसले समाजमा पार्ने प्रभाव, जनजीवनमा ल्याउने उतारचढाव र सांस्कृतिक अभ्याससँग गाँसेका छन् । आलेखमा कृषकको श्रम, पर्व–उत्सवको उल्लास, प्रकृतिको सुन्दरता र जीवन दर्शनको अभिव्यक्ति पाइन्छ । यसरी ऋतुविचारले नेपाली समाजको सांस्कृतिक चेतना र जीवनशैलीलाई प्रकृतिको गतिशील रूपसँग जोडेर प्रस्तुत गर्ने विशिष्ट योगदान गरेको देखिन्छ । ऋतुविचार खण्डकाव्यको सांस्कृतिक कोण, धार्मिक कोण, आर्थिक कोणको बारेमा व्याख्या विश्लेषण गरी निष्कर्षमा पुग्ने प्रयास गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
0
pdf (नेपाली)
0

Published

2025-12-31

How to Cite

Joshi, H. (2025). ऋतुविचार खण्डकाव्यमा नेपाली समाज र प्रकृतिको प्रतिविम्ब. GS WOW: Wisdom of Worthy Research Journal, 4(2), 97–102. Retrieved from https://www.nepjol.info/index.php/gswow/article/view/90167

Issue

Section

Articles