बैतडी जिल्लामा दुलहीका खुट्टा धुने बेला गाइने लोकगीतको अध्ययन

Authors

Keywords:

बैतडी लोकगीत, खुट्टा धुने संस्कार, कन्यादान, लोकगायन, सन्दर्भ प्रस्तुति, लोकलय, सांस्कारिक परम्परा

Abstract

प्रस्तुत अध्ययन कार्यमा बैतडी जिल्लाका ग्रामीण लोकसमाजमा छोरीको विवाह हुँदा दुलहीका पाउ धँुने समयमा यहाँका गाइने लोकगीतलाई यसको कथ्य विषय बनाइएको छ । यस अध्ययन कार्यमा बैतडेली समाजमा दुलहीका खुट्टा धुँदा गायन गरिने लोकगीतमा कस्ता सन्दर्भगत प्रस्तुति प्रस्तुतीकरण गरिन्छन् भन्ने मूल प्राज्ञिक समस्या लिइएको छ । उक्त समस्यालाई मनन गरेर बैतडेली लोकगीतको अध्ययन र विश्लेषण गरी जीवन्त गर्ने उद्देश्य लिइएको छ । यसमा दुलहीका खुट्टा धँुदा गाइने लोकगीत सङ्कलन गर्न बैतडी जिल्लाको सिलङ्गा गाउँलाई लोकगीतको अध्ययन केन्द्र मानिएको छ । यस केन्द्रबाट उक्त लोकगीत सङ्कलन गर्न मुख्य लोकगायिका र अन्य सहयोगी लोकगायिकालाई सूचक छनोट गरिएको छ । यस कार्यमा सङ्कलन गरिएको संस्कार लोकगीतलाई विषयगत सीमा, सिलङ्गा गाउँलाई अध्ययनीय क्षेत्रगत सीमा, सन्दर्भवादी पद्धतिलाई सैद्धान्तिक सीमा मानिएको छ । त्यसै गरी उक्त लोकगीतलाई विश्लेषण गर्न वर्णनात्मक विधि र विश्लेषणात्मक विधि चाहिँ विधिगत सीमा मानिएका छन् । यस अध्ययन कार्यबाट संस्कार परम्परालाई निरन्तरता दिने अपेक्षा राखिएको छ ।

Abstract
54
pdf (Nepali)
0

Downloads

Published

2025-12-31

How to Cite

Pant, R. P. (2025). बैतडी जिल्लामा दुलहीका खुट्टा धुने बेला गाइने लोकगीतको अध्ययन. GS WOW: Wisdom of Worthy Research Journal, 4(2), 103–111. https://www.nepjol.info/index.php/gswow/article/view/90169

Issue

Section

Articles

How to Cite

Pant, R. P. (2025). बैतडी जिल्लामा दुलहीका खुट्टा धुने बेला गाइने लोकगीतको अध्ययन. GS WOW: Wisdom of Worthy Research Journal, 4(2), 103–111. https://www.nepjol.info/index.php/gswow/article/view/90169