यमपुरीको महल उपन्यासमा डायस्पोरा
Keywords:
अभिघात, अन्तर्विषयक, उत्तरआधुनिक, डायस्पोरा, सीमान्तकृतAbstract
प्रस्तुत लेखमा होमनाथ सुवेदीद्वारा रचित यमपुरीको महल उपन्यासलाई डायस्पोराको सिद्धान्तमा विश्लेषण गरिएको छ । डायस्पोरा उत्तरआधुनिक युगमा विकसित भएको अन्तर्विषयक समालोचना पद्धति हो । विश्व साहित्यको परिवेश र परिधि अत्यन्तै तीव्र गतिले बदलिँदै जाँदा नेपाली साहित्यले पनि त्यसलाई पछ्याउँदै अघि बढेको छ । त्यही अनुरूप नेपाली साहित्य आकाशमा डायस्पोरा पनि मौलाउँदै गएको छ । डायस्पोरामा बस्ने मानिसहरूले आफ्नो भाषा, धर्म, संस्कृति, स्वदेश र स्वजनलाई माया मार्न पनि सक्दैनन् र उतैको संस्कृतिलाई स्वीकार गर्न पनि सक्दैनन् । त्यसैले उनीहरू दुई ढुङ्गाको तरुल झैँ बन्न विवश बनेका हुन्छन् । हामी विभिन्न कारणले विदेमा गए तापनि सधैँका लागि उतै बस्नु हुँदैन । विदेशमा रुखबाट पात टिपे झैँ पैसा टिप्न पाइन्छ कि भन्ने मानसिकताबाट हामी मुक्त हुनुपर्छ । विदेशी भूमिमा हामीले सुखले पैसा कमाउन सक्दैनौँ । अरूको हेपाइ खाएर बस्नुपर्छ । आफ्नो अस्तित्व र पहिचान गुमाउन बाध्य बन्नुपर्छ । स्वदेशमा जस्तो स्वतन्त्रता विदेशमा पाइँदैन । मानवीय भावना, एकता र मेलमिलाप पनि कमै पाइन्छ । धेरै ठुलो सपना बुन्दा कहिलेकाहीँ आफूसँग भएको कुरा पनि गुमाउन पुगिन्छ । त्यसैले आफूमा जे जति छ त्यसैमा सन्तुष्ट भई स्वर्गीय आनन्द लिनुपर्छ । सपनाको महल बनाउँदा घर न घाटको पनि बन्न सकिन्छ । ठुलठुला सपना बोकेर विदेशी भूमिमा जाँदा र त्यहाँ अवसर नपाउँदा यमपुरीको महलको पात्र प्रेमले झैँ नारकीय जीवन विताउन बाध्य हुनुपर्छ । हामीले आफ्नै देशलाई स्वर्ग मान्नुपर्छ । नेपाली समाजमा भएका वर्गीय विभेदलाई हटाएर समतामूलक स्वच्छ समाजको निर्माण गर्नुपर्छ भन्ने विचार यस उपन्यासमा व्यक्त गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2025 The Author(s)

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.