चीत्कार कथामा सीमान्तीयता

Authors

Keywords:

चीत्कार कथा, सीमान्तीयता, वादी समुदाय, सवाल्टर्न अध्ययन, आर्थिक शोषण

Abstract

प्रस्तुत लेख चीत्कार कथामा चित्रित वादी समुदायका महिलाहरूको सीमान्तीय अवस्थाको विश्लेषणमा केन्द्रित छ । सामाजिक यथार्थवादी तथा प्रगतिवादी कथाकार धु्रव सापकोटाद्वारा रचित यस कथाले आर्थिक अभाव, सामाजिक विभेद, सांस्कृतिक परम्परा तथा राज्यको उपेक्षाका कारण वादी समुदायका महिलाहरूले भोग्नुपरेका बहुआयामिक समस्यालाई उजागर गर्दछ । अध्ययनको सैद्धान्तिक आधारका रूपमा उत्तरआधुनिक साहित्यमा विकसित सीमान्तीयता अवधारणालाई अवलम्बन गरिएको छ, जसले राज्यशक्ति, स्रोत, अवसर र प्रतिनिधित्वबाट वञ्चित समुदायको जीवन, पहिचान र संघर्षलाई केन्द्रमा राखेर विश्लेषण गर्दछ । कथामा वादी समुदायको जीवनशैली, सामाजिक–सांस्कृतिक मूल्य, पेशागत बाध्यता तथा पुस्तान्तरण हुँदै आएको देहव्यापारको यथार्थलाई प्रभावकारी रूपमा चित्रण गरिएको छ । आर्थिक अभावका कारण वृद्ध महिलाले समेत जीविकोपार्जनका लागि छोरी र नातिनीलाई यही पेशामा प्रवेश गराउनुपर्ने बाध्यता, ग्राहकको प्रतीक्षामा आशा र निराशाबीच बाँच्नुपर्ने अवस्था तथा सामान्य भोजनको कल्पनामै सन्तुष्ट हुनुपर्ने विवशताले उनीहरूको दयनीय आर्थिक यथार्थलाई जीवन्त बनाएको छ । कथामा चौध वर्षीया किशोरीले बूढी बज्यैले देखाएको बाटोलाई आÇनो भविष्यका रूपमा स्वीकार गर्न बाध्य हुनु सामाजिक संरचना, परम्परा र लैङ्गिक असमानताले सिर्जना गरेको संस्थागत शोषणको स्पष्ट उदाहरण हो । प्रतिनिधित्व, आर्थिक पहिचान, सामाजिक बहिष्करण र सबाल्टर्न चेतनाका आधारमा गरिएको यस विश्लेषणले चीत्कार कथा नेपाली समाजका मूलधारबाट बहिष्कृत वादी महिलाहरूको पीडा, असमानता, अस्Œिवको सङ्घर्ष र मानवीय संवेदनाको सशक्त अभिव्यक्ति भएको निष्कर्ष प्रस्तुत गर्दछ । यस अध्ययनले सीमान्तीकृत समुदायप्रति समाज र राज्यको उत्तरदायित्व तथा समावेशी नीतिको आवश्यकतालाई समेत स्पष्ट रूपमा औँल्याएको छ ।

Abstract
1
pdf
1

Downloads

Published

2026-07-24

How to Cite

Upadhayaya, A. (2026). चीत्कार कथामा सीमान्तीयता. GS WOW: Wisdom of Worthy Research Journal, 5(1), 97–105. https://www.nepjol.info/index.php/gswow/article/view/97583

Issue

Section

Articles

How to Cite

Upadhayaya, A. (2026). चीत्कार कथामा सीमान्तीयता. GS WOW: Wisdom of Worthy Research Journal, 5(1), 97–105. https://www.nepjol.info/index.php/gswow/article/view/97583