वेद र संस्कृतको सदा–सान्दर्भिकता
Keywords:
संस्कृत भाषा, वैदिक दर्शन, हिन्दू संस्कृति, संस्कृत शिक्षा, सांस्कृतिक पहिचान, पूर्वीय ज्ञान, नेपालAbstract
यस अध्ययनले नेपालमा आधुनिकीकरण, विश्वव्यापीकरण, शहरीकरण तथा सामाजिक–राजनीतिक परिवर्तनका कारण संस्कृत भाषा, वैदिक दर्शन र हिन्दू सांस्कृतिक परम्पराको वर्तमान अवस्थाको विश्लेषण गरेको छ । अध्ययनले विशेषतः युवापुस्तामा संस्कृत शिक्षा, धार्मिक अभ्यास तथा पूर्वीय ज्ञानप्रतिको घट्दो आकर्षणका कारण र त्यसका प्रभावहरूको समीक्षा गर्दछ । यो अध्ययन वर्णनात्मक तथा गुणात्मक अनुसन्धान विधिमा आधारित भई शिक्षा मन्त्रालयका तथ्याङ्क, सरकारी प्रतिवेदन, प्रकाशित अनुसन्धान तथा सम्बन्धित साहित्यको द्वितीयक स्रोतमार्फत विश्लेषण गरिएको छ । अध्ययनबाट संस्कृत विद्यालय तथा विद्यार्थी सङ््ख्यामा उल्लेखनीय गिरावट, शिक्षानीतिमा प्राथमिकताको कमी, अङ्ग्रेजी माध्यमप्रतिको बढ्दो आकर्षण, रोजगारीसँग संस्कृत शिक्षाको कमजोर सम्बन्ध तथा सामाजिक धारणाले संस्कृत शिक्षालाई प्रभावित गरेको देखिन्छ । साथै, संस्कृत भाषाको भाषिक, दार्शनिक तथा ज्ञानपरम्परागत महŒवका साथै राजनीतिक परिवर्तन, धर्मनिरपेक्षता र शैक्षिक नीतिहरूले नेपालको सांस्कृतिक संरचनामा पारेका प्रभावहरूको पनि चर्चा गरिएको छ । अध्ययनले आधुनिकता र परम्परालाई परस्पर विरोधी नभई पूरक रूपमा हेर्नुपर्ने आवश्यकता औँल्याउँदै वैज्ञानिक प्रगति, प्रविधि, संस्कृत भाषा, वैदिक ज्ञान तथा सांस्कृतिक सम्पदाबीच सन्तुलित समन्वय आवश्यक रहेको निष्कर्ष प्रस्तुत गर्दछ । नेपालको मौलिक सांस्कृतिक पहिचान संरक्षण गर्न संस्कृत शिक्षाको प्रवद्र्धन, सांस्कृतिक चेतनाको अभिवृद्धि तथा पुस्तान्तरणमार्फत परम्परागत ज्ञानको संरक्षण अपरिहार्य रहेको अध्ययनले जोड दिएको छ ।
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2026 The Author(s)

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.