एपिए सातौँ संस्करणका प्रावधानहरू [Provisions of the seventh edition of APA]

उद्धरण र सन्दर्भाङ्कनका तरिकाहरू [Methods of quoting and referencing]

Authors

  • खगेन्द्र Khagendra घोडासैनी Ghodasaini नेपाली विभाग नेसंवि, जनता विद्यापीठ, बिजौरी, दाङ, नेपाल [Department of Nepali, NSU, Janata Campus, Bijauri, Dang, Nepal]

DOI:

https://doi.org/10.3126/haimaprabha.v21i01.44839

Keywords:

अनुसन्धान,, उद्धरण,, देवनागरी,, भावरहण,, सन्दर्भ ।, Research , Quotes, Devanagari, Emotions, References

Abstract

प्रस्तुत लेख एपिए सातौँ संस्करणका प्रावधानहरू खोजी गर्ने उद्देश्यले तयार पारिएको हो । यसमा एपिए ढाँचाका प्रावधानसँग सम्बन्धित समस्याको समाधान गर्ने प्रयास गरिएको छ । यसमा दस्तावेजको विश्लेषणमा आधारित गुणात्मक ढाँचा अवलम्बन गरी सोद्देश्यमूलक नमुना छनोट विधि अपनाइएको छ । एपिएका प्रावधानहरूको वर्णन र विश्लेषण गरिएको यस लेखमा एपिए शैलीलाई नै सैद्धान्तिक पर्याधार बनाइएको छ । अनुसन्धानको प्रस्तुति गर्ने एपिए, एमएलए, सिकागो स्टाइल, तुरेबियन स्टाइल, वेन्कुवर स्टाइल, हावर्ट स्टाइल र ब्रिली चाइनिज साइटेसन स्टाइल गाइडजस्ता बहुप्रचलित ढाँचाहरू रहेका छन् । तीमध्ये एपिए ढाँचाको प्रयोग वाङ्मयका शिक्षा, विज्ञानलगायतका विभिन्न क्षेत्रमा गरिन्छ । एपिएको सर्वप्रथम प्रकाशन सन् १९२९ मा भएको थियो भने २०२० मा यसको सातौँ संस्करण प्रकाशित भएको छ । यसमा गुणात्मक, परिमाणात्मक र मिश्रित अनुसन्धान विधिको चर्चासँगै अनुसन्धानात्मक लेख, प्रतिवेदन तथा पुस्तकहरू सेटिङ गर्ने तरिकाबारे पनि उल्लेख गरिएको छ । यसमा अनुसन्धानको भाषाशैली, छपाइ प्रविधि, वर्णविन्यास, पृष्ठाङ्कन, मार्जिन छोडाइ, अङ्क, तथ्याङ्कको प्रयोगका तरिका, उद्धरण, टिप्पणी र भावहरणका तरिकादेखि लेख, पुस्तक र विद्युतीय माध्यममा प्रकाशित सामग्रीको सन्दर्भाङ्कन गर्ने तरिकालाई सरलीकृत गरिएको छ । अङ्ग्रेजी भाषामा पहुँच नभएका नेपाली, संस्कृत, मैथिली, थारु, नेवारी आदि भाषामा एपिए शैलीको प्रयोग गर्न चाहने अनुसन्धाताहरूका लागि उपयोगी हुने निष्कर्ष निकालिएको छ । [This article is intended to explore the provisions of the seventh edition of the APA. It attempts to resolve issues related to the provisions of the APA framework. In this, purposeful sample selection method has been adopted by adopting qualitative format based on the analysis of the document. This article describes and analyzes the provisions of the APA, making the APA style the theoretical basis. There are many popular formats for presenting research, such as APA, MLA, Chicago style, Turbian style, Vancouver style, Howart style and Brilliant Chinese citation style guide. Among them, the APA format is used in various fields including classical education and science. The first edition of APA was published in 1929 and the seventh edition was published in 2020. It discusses qualitative, quantitative and mixed research methods as well as how to set up research articles, reports and books. This includes research language style, printing techniques, typography, layout, margin skipping, numbers, usage of data, quotes, the methods of commenting and commenting on the content of articles, books and electronic media have been simplified. It has been concluded that, it will be useful for researchers who want to use APA style in Nepali, Sanskrit, Maithili, Tharu, Newari etc. languages, ​​who do not have access to English language.]

Downloads

Download data is not yet available.
Abstract
774
PDF
459

Author Biography

खगेन्द्र Khagendra घोडासैनी Ghodasaini, नेपाली विभाग नेसंवि, जनता विद्यापीठ, बिजौरी, दाङ, नेपाल [Department of Nepali, NSU, Janata Campus, Bijauri, Dang, Nepal]

उपप्राध्यापक [Lecturer]

Downloads

Published

2022-05-17

How to Cite

घोडासैनी Ghodasaini ख. K. (2022). एपिए सातौँ संस्करणका प्रावधानहरू [Provisions of the seventh edition of APA]: उद्धरण र सन्दर्भाङ्कनका तरिकाहरू [Methods of quoting and referencing]. Haimaprabha, 21(01), 42–49. https://doi.org/10.3126/haimaprabha.v21i01.44839