‘बन्द ढोका र समय' कथामा भयानक रस [Terrible juice in the story 'Closed Doors and Time']
DOI:
https://doi.org/10.3126/haimaprabha.v21i01.44852Keywords:
विभाव, अनुभाव, व्यभिचारीभाव, स्थायीभाव र रसनिष्पत्तिAbstract
महेशविक्रम शाहको छापामारको छोरो (२०६३) कथासङ्ग्रहमा सङ्कलित ‘बन्द ढोका र समय’ भयानक रससँग सम्बन्धित कथा हो । यस कथामा २०५२ सालदेखि २०६२ /२०६३ सालसम्मको नेपाली समाजको अवस्थालाई विषयका रूपमा चयन गरिएको छ । यस कथामा विशेषत: ग्रामीण क्षेत्रमा बसोबास गर्ने आम नेपालीको अवस्था युद्धका वेलामा कतिसम्म कमजोर भएको थियो भन्ने विषयको उठान गरिएको छ । यहाँ ‘बन्द ढोका र समय’ कथामा रहेका विभाव, अनुभाव, व्यभिचारीभाव र स्थायीभावको निरूपण गरी रसाभिव्यक्तिको अवस्था विश्लेषण गरिएको छ । यस कथामा ऊ र नन्दा प्रमुख आलम्बनका रूपमा आएका छन् । त्यस्तै कथामा निनु, हतियारधारी, छोरी, रूपसराजस्ता आलम्बनको पनि उपस्थिति पाइन्छ । युद्धले ग्रसित नेपाली ग्रामीण समाज कथामा उद्दीपन विभावका रूपमा आएको छ । कथामा आएका यिनै आलम्बनका क्रिया कायिक, वाचिक, सात्त्विक तथा आहार्य अनुभाव बनेर प्रकट भएका छन् । यिनै अनुभावको शृङ्खलाबाट कथावस्तुको संरचना निर्मित भएको छ । विश्लेष्य कथामा भय, शोक, वत्सल तथा जुगुप्सा भाव स्थायीभावका रूपमा प्रकट भएका छन् । यस कथामा चिन्ता, स्मृति, त्रास, पीडा, दैन्य, श्रम, आलस्य, आवेग, विबोध, धृति, विषाद, शङ्का, ग्लानि, औत्सुक्य, चपलता, जडता, वितर्क, अश्रु, संशय, मोह आदि व्यभिचारीभावहरू प्रकट भएका छन् । यी सबै भावद्वारा परिपुष्ट बनेको भय स्थायीभाव भयानक रसका रूपमा अभिव्यक्त भएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This work is licensed under a Creative Commons Attribution 4.0 International License.
© Nepal Sanskrit University, Janata Campus, RMC, Bijauri Dang, Nepal