भारोपेली भाषा परिवारमा स्वर ध्वनि परिवर्तन [Voice change in the Bharopeli language family]

Authors

  • महेन्द्र Mahendra भण्डारी Bhandari नेपाली विभाग नेसंवि, जनता विद्यापीठ, बिजौरी, दाङ, नेपाल

DOI:

https://doi.org/10.3126/haimaprabha.v21i01.44855

Keywords:

ध्वनि–परिवर्तन, भारोपेली, शतम्–वर्ग, केन्तुम्–वर्ग, स्वर–ध्वनि

Abstract

प्रस्तुत लेखमा भारोपेली  भाषा परिवारमा स्वर ध्वनिको परिवर्तन कसरी भएको छ भन्ने विषयमा स्पष्ट पारिएको छ ।  भारतीय तथा युरोपेली महाद्वीपमा बोलिने भाषा भारोपेली भाषा हो र यसका शतम् र केन्तुम् गरी दुई वर्ग रहेका छन् ।  यी भाषाहरूको मूल एउटै भाषा रहेको थियो र समयक्रममा भाषिक परिवर्तन भई अन्य विभिन्न भाषाहरूको निर्माण भए । भारोपेली भाषा परिवारको सबैभन्दा प्राचीन र समृद्ध भाषा पनि हो । यस भाषामा ईसापूर्व ६००० देखिका वाङ्मयहरू रहेका छन् । यस भाषाबाट अन्य विभिन्न भाषाहरूमा ध्वनि परिवर्तन भएका छन् यसै क्रममा भारोपेली  भाषाका अन्य भाषामा पनि यस भाषाका स्वर ध्वनिहरूको परिवर्तन भएर गएका छन् ।  स्वर ध्वनि परिवर्तनको सिद्धान्तलाई मुख्य पर्याधार मानेर मुख्य समस्याको समाधान खोजिएको प्रस्तुत लेखमा  ध्वनि परिवर्तन हुने क्रममा सबैभन्दा कम ‘औ’ ध्वनि परिवर्तन भएको छ भने अन्य ध्वनिहरू धेरै रूपमा परिवर्तन भएका छन् । यसरी  संस्कृत भाषाबाट सबैभन्दा निकटको शतम् वर्गमा कम मात्रामा र केही टाढा रहेको केन्तुम् वर्गका भाषामा अधिक रूपमा ध्वनि परिवर्तन भएको निष्कर्ष प्रस्तुत गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
125
PDF
66

Author Biography

महेन्द्र Mahendra भण्डारी Bhandari, नेपाली विभाग नेसंवि, जनता विद्यापीठ, बिजौरी, दाङ, नेपाल

उपप्राध्यापक

Downloads

Published

2022-05-17

How to Cite

भण्डारी Bhandari म. M. (2022). भारोपेली भाषा परिवारमा स्वर ध्वनि परिवर्तन [Voice change in the Bharopeli language family]. Haimaprabha, 21(01), 128–139. https://doi.org/10.3126/haimaprabha.v21i01.44855