राशिफलको मनोविज्ञान [The psychology of horoscopes]

Authors

  • लोमशकुमार Lomashakumar लामिछाने Lanichhane ज्योतिष विभाग नेसंवि, जनता विद्यापीठ, दाङ, नेपाल

DOI:

https://doi.org/10.3126/haimaprabha.v21i01.44867

Keywords:

राशि, गोचरफल, ग्रहफल, राशिफल, वेध

Abstract

अहिले कुनै पनि व्यक्तिको जन्मकालमा चन्द्रमाको अवस्थाका आधारमा तय गरिने मेष वृष आदि राशिहरू र तिनका फलहरूका बारेमा नसुनेको या चासो नराखेको सायद कोही पनि छैन होला । दुई दशक अगाडिसम्म पनि यो कुरा त्यति धेरै चर्चा एवं जानकारीको विषय थिएन ।  विहान उठ्ने बित्तिकै सञ्चारमा माध्यमहरूमा आफ्नो राशिफल खोज्ने, पढ्ने र फलअनुसारको राम्रो नराम्रो वा तटस्थ मनोभावनाले या कृतिम तटस्थ मनोभावले त्यसमाथि प्रतिक्रिया व्यक्त गर्ने वा अनुभव गर्ने गरेको पाइन्छ । राशिफलले कतिपयको मनस्थितिलाई क्षणिकरूपमा भने कतिपयको मनस्थितिलाई लामो समयसम्म केही न केहीरूपमा सूक्ष्मरूपले प्रभावित गरिरहेको हुन्छ । ज्योतिषशास्त्रमा राशिफलको सैद्घान्तिक आधार के हो र यसले कसरी काम गर्छ भन्ने कुराबारे हामीहरू स्पष्ट नहुँदा यसबाट दिग्भ्रमित हुने, अनावश्यक तनाव व्यहोर्नु पर्ने एवं आर्थिक क्षति समेत हुने अवस्था रहन्छ । ज्योतिषशास्त्रहरूमा ग्रहहरूले आफ्नो आफ्नो कक्षमा भ्रमण गर्दा राशिहरूसँग उत्पन्न हुने कोणीय अन्तरले तत् तत् राशिका व्यक्तिहरूलाई पार्ने प्रभावका बारेमा व्याख्या गरिएको छ । ती ग्रहहरूको गतिले तत् तत् राशिहरू माथि ग्रहको प्रभाव कति समयका लागि रहन्छ भन्ने कुरा निर्धारित हुन्छ । कुनै पनि व्यक्तिलाई ग्रहहरूको जन्मकालिक बलाबल तथा शुभाशुभत्व अनुरूपकै प्रभाव ती ग्रहहरूको गोचरफल

Downloads

Download data is not yet available.
Abstract
82
PDF
59

Author Biography

लोमशकुमार Lomashakumar लामिछाने Lanichhane, ज्योतिष विभाग नेसंवि, जनता विद्यापीठ, दाङ, नेपाल

उपप्राध्यापक

Downloads

Published

2022-05-17

How to Cite

लामिछाने Lanichhane ल. L. (2022). राशिफलको मनोविज्ञान [The psychology of horoscopes]. Haimaprabha, 21(01), 205–212. https://doi.org/10.3126/haimaprabha.v21i01.44867