पाठ्यक्रम निर्दिष्ट भाषिक सिप सन्तुलनका दृष्टिले कक्षा नौ को ‘नेपाली’ मा प्रयुक्त नमुना अभ्यास

Authors

  • दिनेश Dinesh घिमिरे Ghimire शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रि.वि., कीर्तिपुर

DOI:

https://doi.org/10.3126/iie.v1i1.58805

Keywords:

टेक्सोनोमी, पाठ्यक्रम अनुरूपता, भाषिक सिप, अभ्यासात्मक प्रश्न, नमुना अभ्यास

Abstract

प्रस्तुत लेख भाषिक सिप सन्तुलनका दृष्टिले भाषा पाठ्यपुस्तकको विश्लेषणमा केन्द्रित छ । यसमा माध्यमिक शिक्षा पाठ्यक्रम (२०७७) अनुरूपताका दृष्टिले कक्षा ९ को नेपाली भाषा पाठ्यपुस्तकका अभ्यासात्मक प्रश्नहरूलाई गुणात्मक अध्ययन ढाँचाअन्तर्गत विषयवस्तु विश्लेषण विधि अवलम्बन गरी सम्पन्न गरिएको छ । यस अध्ययनमा नमुना अभ्यासको प्रस्तुतिमा भाषिक सिपगत एकीकृतताको ख्याल गरिएको,भाषिक सिपगत आधारमा क्रमशः पढाइ, लेखाइ, बोलाइ र सुनाइ सिपका प्रश्नमा जोड दिइएको, पाठ्यक्रम अनुरूपताका आधारमा पर्याप्त र उपयुक्त रहेको तर सिकाइ तहका आधारमा निम्न अनुक्रम चिन्तन तहका ७४ प्रतिशत र उच्च अनुक्रम चिन्तन तहका २६ प्रतिशत मात्र प्रश्नहरू रहनुबाट सन्तुलित प्रयोग नभएको निष्कर्षमा पुगिएको छ । पाठ्यपुस्तकको नमुना अभ्यासमा पाठ्यक्रममा उल्लेख भए झैं सिपगत आधारमा प्रश्नहरूलाई अलग अलग राख्दा अनि सिकाइ तहगत सन्तुलित प्रयोगमा ध्यान दिँदा अझ प्रभावकारी हुने देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
31
PDF
69

Author Biography

दिनेश Dinesh घिमिरे Ghimire, शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रि.वि., कीर्तिपुर

उपप्राध्यापक, नेपाली शिक्षा

Downloads

Published

2023-09-26

How to Cite

घिमिरे Ghimire द. D. (2023). पाठ्यक्रम निर्दिष्ट भाषिक सिप सन्तुलनका दृष्टिले कक्षा नौ को ‘नेपाली’ मा प्रयुक्त नमुना अभ्यास. Interdisciplinary Issues in Education, 1(1), 37–48. https://doi.org/10.3126/iie.v1i1.58805

Issue

Section

Articles