पाठ्यक्रम निर्दिष्ट भाषिक सिप सन्तुलनका दृष्टिले कक्षा नौ को ‘नेपाली’ मा प्रयुक्त नमुना अभ्यास

Authors

  • दिनेश Dinesh घिमिरे Ghimire शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रि.वि., कीर्तिपुर

Keywords:

टेक्सोनोमी, पाठ्यक्रम अनुरूपता, भाषिक सिप, अभ्यासात्मक प्रश्न, नमुना अभ्यास

Abstract

प्रस्तुत लेख भाषिक सिप सन्तुलनका दृष्टिले भाषा पाठ्यपुस्तकको विश्लेषणमा केन्द्रित छ । यसमा माध्यमिक शिक्षा पाठ्यक्रम (२०७७) अनुरूपताका दृष्टिले कक्षा ९ को नेपाली भाषा पाठ्यपुस्तकका अभ्यासात्मक प्रश्नहरूलाई गुणात्मक अध्ययन ढाँचाअन्तर्गत विषयवस्तु विश्लेषण विधि अवलम्बन गरी सम्पन्न गरिएको छ । यस अध्ययनमा नमुना अभ्यासको प्रस्तुतिमा भाषिक सिपगत एकीकृतताको ख्याल गरिएको,भाषिक सिपगत आधारमा क्रमशः पढाइ, लेखाइ, बोलाइ र सुनाइ सिपका प्रश्नमा जोड दिइएको, पाठ्यक्रम अनुरूपताका आधारमा पर्याप्त र उपयुक्त रहेको तर सिकाइ तहका आधारमा निम्न अनुक्रम चिन्तन तहका ७४ प्रतिशत र उच्च अनुक्रम चिन्तन तहका २६ प्रतिशत मात्र प्रश्नहरू रहनुबाट सन्तुलित प्रयोग नभएको निष्कर्षमा पुगिएको छ । पाठ्यपुस्तकको नमुना अभ्यासमा पाठ्यक्रममा उल्लेख भए झैं सिपगत आधारमा प्रश्नहरूलाई अलग अलग राख्दा अनि सिकाइ तहगत सन्तुलित प्रयोगमा ध्यान दिँदा अझ प्रभावकारी हुने देखिन्छ ।

Abstract
265
PDF
0

Author Biography

दिनेश Dinesh घिमिरे Ghimire, शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रि.वि., कीर्तिपुर

उपप्राध्यापक, नेपाली शिक्षा

Downloads

Published

2023-09-26

How to Cite

घिमिरे Ghimire द. D. (2023). पाठ्यक्रम निर्दिष्ट भाषिक सिप सन्तुलनका दृष्टिले कक्षा नौ को ‘नेपाली’ मा प्रयुक्त नमुना अभ्यास. Interdisciplinary Issues in Education, 1(1), 37-48. https://doi.org/10.3126/iie.v1i1.58805

Issue

Section

Articles

How to Cite

घिमिरे Ghimire द. D. (2023). पाठ्यक्रम निर्दिष्ट भाषिक सिप सन्तुलनका दृष्टिले कक्षा नौ को ‘नेपाली’ मा प्रयुक्त नमुना अभ्यास. Interdisciplinary Issues in Education, 1(1), 37-48. https://doi.org/10.3126/iie.v1i1.58805