परालको आगो कथामा बाह्य दृष्टिविन्दु {An external point of view on the Paralko Aago Story}

Authors

  • हरिप्रिया Haripriya जोशी Joshi सैनिक आवासीय महाविद्यालय तेघरी, कैलाली एम.फिल शोधार्थी

Keywords:

मनोविश्लेषण, परालको आगो, समाख्याता, दृष्टिविन्दु, पात्रविधान

Abstract

प्रस्तुत आलेख गुरूप्रसाद मैनालीद्वारा लिखित परालको आगो कथाको विधा तात्विक अध्ययनसँग सम्बन्धित छ । सामाजिक विषयवस्तुलाई मुख्य आधार बनाएर लेखिएको यस कथामा बाह्यदृष्टिविन्दु प्रयोगको अवस्थाका बारेमा अध्ययन गरिएको छ । यस लेखमा विधा तात्विक अध्ययन अन्तर्गतको दृष्टिविन्दु सम्बन्धी अवधारणालाई सैद्धान्तिक पर्याधारका रूपमा उपयोग गरिएको छ । प्रस्तुत कथामा प्रयुक्त बाह्य दृष्टिविन्दुको अवस्था कस्तो छ भन्ने जिज्ञासाको परिपूर्ति गर्नका लागि यो अध्ययन गरिएको छ । बाह्य दृष्टिविन्दुको सैद्धान्तिक पर्याधारलाई आधार बनाई प्राथमिक एव म्द्वितीयक सामग्रीको उपयोग गरी गुणात्मक र पाठ विश्लेषणात्मक विधि अपनाइएको छ । प्रस्तुत कथामा प्रयुक्त दृष्टिविन्दुको पद्धतिसँग सम्वद्ध पक्षको अध्ययन, समाख्याताको अदृश्य उपस्थिति, कथानकीय सन्दर्भ, पात्रविधानगत अवस्था र एकल पात्रको मनोविश्लेषण जस्ता उपकरणको माध्यमबाट गरिएको छ । नेपाली समाजमा देखिने सामाजिक, आर्थिक तथा सांस्कृतिक परिवर्तनकासाथै लोग्ने र स्वास्नी बिचको झगडा परालको आगो जस्तै हो, त्यही सानो झगडाले पनि मानसिकरूपमा चोट पु¥याउन सक्छ भन्ने निष्कर्ष कथाको छ । बाह्य दृष्टिविन्दुको प्रयोगले प्रस्तुत कथाकोसंरचनात्मक र अर्थीय दुवै पक्षको निर्माणमा महत्त्त्वपूर्ण भुमिका खेलि कथालाई कलात्मक, सौन्दर्यपूर्ण र मानवीय संवेदनायुक्त बनाएको कुरा यस अध्ययनमा प्राप्त गरिएको छ । अन्त्यमा दृष्टिविन्दुको प्रयोगले प्रस्तुत कथाका आयामगत लघुता, आफैँमा पूर्णता, पृथक रचना विधानगत पद्धतिप्रतिको आबद्धता परिपाकमा पुग्नुले कथाकार मैनालीमा कथा सिर्जना गर्ने शिल्प उत्कृष्ट रहनुका साथै विश्लेषणात्मक विधिको अवलम्बन गरी बाह्य दृष्टिविन्दुका पद्धतिका आधारमा कथामा दृष्टिविन्दुको प्रयोगको अवस्थालाई पहिचान गरी निष्कर्षमा पुगिएको छ ।

Abstract
324
PDF
0

Author Biography

हरिप्रिया Haripriya जोशी Joshi, सैनिक आवासीय महाविद्यालय तेघरी, कैलाली एम.फिल शोधार्थी

ग्राजूयट टिचर ‘ए’/एम.फिल शोधार्थी

Downloads

Published

2022-05-01

How to Cite

जोशी Joshi ह. H. (2022). परालको आगो कथामा बाह्य दृष्टिविन्दु {An external point of view on the Paralko Aago Story}. Journal of Durgalaxmi, 1(1), 191-199. https://doi.org/10.3126/jdl.v1i1.57257

Issue

Section

Articles

How to Cite

जोशी Joshi ह. H. (2022). परालको आगो कथामा बाह्य दृष्टिविन्दु {An external point of view on the Paralko Aago Story}. Journal of Durgalaxmi, 1(1), 191-199. https://doi.org/10.3126/jdl.v1i1.57257