डोट्याली भाषाका विभक्तिको पहिचान र वर्गीकरण

Authors

  • खगेन्द्र Khagendra जोशी Joshi मानविकी तथा सामाजिक शास्त्र सङ्काय, सुदूरपश्चिम विश्वविद्यालय, नेपाल

Keywords:

कारक, प्रत्यय, नामिक पद, क्रियापद

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेख डोट्याली भाषाका विभक्तिको अध्ययनमा केन्द्रित छ । यस लेखमा डोट्याली भाषाका विभक्तिहरूको पहिचान गरी तिनलाई विभिन्न आधारमा वर्गीकरण गर्ने काम गरिएको छ । संस्कृतबाट प्राकृत र अपभ्रंश हुँदै विकसित भएर कालीकर्णाली बिचको भूखण्डमा भाषिक व्यवहारमा प्रयुक्त भाषिक भेदहरूको समुच्चयलाई डोट्याली भाषाका रूपमा चिनिन्छ र तिनै भाषिक भेदहरूमा कारकीय सम्बन्ध दर्साउनका लागि नामिक पदका पछाडि जोडिएर प्रत्ययवत प्रयोग हुने विभक्तिको अध्ययनमा यो लेख केन्द्रित रहेको छ । प्रस्तुत अध्ययन गुणात्मक प्रकृतिको छ । अध्ययनका लागि आवश्यक आधार सामग्री क्षेत्रकार्यबाट र सिद्धान्तसम्बद्ध सामग्री पुस्तकालयीय अध्ययनकार्यबाट सङ्कलन गरिएको छ । यसरी सङ्कलित सामग्रीलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै निष्कर्ष निकाल्ने र नियम प्रतिपादन गर्ने काम गरिएकाले सामग्रीको विश्लेषण गर्न आगमन विधिको उपयोग गरिएको छ । सामान्यतया मानकीकरण तथा स्तरीकरण हुन नसकेकाले हालसम्म पनि डोट्याली भाषाले स्पष्ट स्वरूप ग्रहण गर्न सकेको छैन तर डोटी क्षेत्रमा बोलिने भाषिक भेदहरूका बिचमा एक किसिमको साझा विशेषता पाइन्छ जुन अन्य भाषाको भन्दा भिन्न देखिन्छ । यसरी डोट्याली भाषाको आफ्नै मौलिक व्याकरणव्यवस्था रहेको हुनाले यस भाषामा अन्य व्याकरणिक तŒव जस्तै विभक्तिहरू पनि मौलिक प्रकृतिका छन्। प्रस्तुत अध्ययनमा डोट्याली भाषाका तिनै मौलिक प्रकृतिका विभक्तिहरूको स्वरूप पहिचान गरी तिनको सङ्ख्या निर्धारण गर्ने र तिनलाई वर्गीकरण गर्ने कार्यलाई केन्द्रीय अभीष्ट बनाइएको छ ।

Abstract
126
PDF
0

Downloads

Published

2024-12-31

How to Cite

जोशी Joshi ख. K. (2024). डोट्याली भाषाका विभक्तिको पहिचान र वर्गीकरण . Journal of Durgalaxmi, 3(1), 306-319. https://doi.org/10.3126/jdl.v3i1.73857

Issue

Section

Articles

How to Cite

जोशी Joshi ख. K. (2024). डोट्याली भाषाका विभक्तिको पहिचान र वर्गीकरण . Journal of Durgalaxmi, 3(1), 306-319. https://doi.org/10.3126/jdl.v3i1.73857