जुम्ली खस भाषामा रूपायन व्यवस्था

Authors

  • ओमप्रकाश Omprakash आचार्य Acharya जुम्ला बहुमुखी क्याम्पस, त्रिभुवन विश्वविद्यालय, नेपाल

Keywords:

विकारी, अविकारी, नाम, सर्वनाम, विशेषण, विभक्ति

Abstract

रूपायन भनेको शब्दको वाक्यमा प्रयोग योग्य प्रक्रिया हो । जुम्ली खस भाषाका शब्दहरुलाई प्रयोग योग्य बनाउने व्यवस्था कस्तो छ भन्ने सम्बन्धमा गरिएको यो अध्ययन हो । यसमा नाम, सर्वनाम र विशेषणको रूपायन व्यवस्थाका बारेमा क्षेत्रगत भ्रमण अध्ययन विधिका आधारमा अध्ययन गरिएको छ । जुम्ली भाषी वक्ताको भाषिक स्थलमा गएर वक्ताका भाषाको टेपरेकर्डरबाट सामग्री सङ्कलन गरी अध्ययन गरिएको छ । जुम्ली भाषामा मौलिक प्रकृतिका शब्दहरु छन्जो नेपाली भाषा भन्दा भिन्नै छन्। पोइ पति, जोइ पत्नी, कुमल कमल, मान्ठ मान्छे, छोट्या केटो, मुँ म, मुइँले मैले, तो तँ प्रयोगगत शब्दहरु रहेका छन्। जुम्ली खस भाषामा रूपायन प्रक्रिया नेपाली भाषा सरह हुने गरेको छ । लिङ्गगत अधारमा केही भिन्नता छ । नाम, सर्वनाम र विशेषणमा हुने गरेको रूपायन व्यवस्थामा शब्द संरचनाका रुपले जुम्ली खस भाषा र नेपाली भाषामा भिन्नता छ । नामको रूपायन लिङ्ग, वचन, आदर, विभक्ति र कोटिकरका आधारले छ भने सर्वनामको रूपायन वचन पुरुष आदर विभक्तिका आधारमा हुन्छ । विशेषणको रूपायन पनि लिङ्ग, वचन, आदर, विभक्तिका आधारमा हुने गर्दछ । यी सबै आधारमा भएको रूपायन प्रक्रियामा जुम्ली खस शब्द संरचनामा नेपाली भाषा भन्दा भिन्न रहेको छ ।

Abstract
121
PDF
1

Downloads

Published

2024-12-31

How to Cite

आचार्य Acharya ओ. O. (2024). जुम्ली खस भाषामा रूपायन व्यवस्था. Journal of Durgalaxmi, 3(1), 290-305. https://doi.org/10.3126/jdl.v3i1.73861

Issue

Section

Articles

How to Cite

आचार्य Acharya ओ. O. (2024). जुम्ली खस भाषामा रूपायन व्यवस्था. Journal of Durgalaxmi, 3(1), 290-305. https://doi.org/10.3126/jdl.v3i1.73861