नेपालको सङ्गीत क्षेत्रमा सङ्गीत प्रवीण नरराज ढकालको योगदान (Music expert Nararaj Dhakal's contribution to the music field of Nepal)

Authors

  • Shiva Raj Poudel Tribuvan University, Lalitkala Campus, Kathmandu

DOI:

https://doi.org/10.3126/jfac.v3i2.48237

Keywords:

सङ्गीत प्रवीण, शास्त्रीय सङ्गीत, कृतित्व, साधना, नरराज ढकाल

Abstract

नेपाली भूगोलमा बसोबास गर्ने नेपालीहरूको पहिचान बोकेका र प्रचलनमा रहेका सबै सङ्गीतहरू नेपाली सङ्गीत हुन् । लोक, शास्त्रीय, परम्परागत, आधुनिक गरी सबै विधाका सङ्गीतहरू नेपालमा प्रचलित छन् । शास्त्रीय सङ्गीत क्षेत्रका तपोमूर्ति, सङ्गीतमा सबैको प्रेरणाका स्रोत सङ्गीत प्रवीण नरराज ढकाल प्रायः सबैले सम्मानपूर्वक लिने नाम हो । यस अध्ययनमार्फत उहाँको साङ्गीतिक योगदानलाई अझ नजिकबाट नियाल्ने लक्ष्य लिइएको छ । यस विषयको अध्ययन तथा विश्लेषण गुणात्मक विधिद्वारा गरिएको छ । जस अन्तर्गत उहाँलाई सबै भन्दा नजिकबाट चिन्ने र जानकारी राख्ने व्यक्तित्वहरूको समूह (पारिवारिक सदस्यसंगको प्रत्यक्ष अन्तरवार्ता) मा गरिएको गहिरो छलफललाई अध्ययनको प्राथमिक स्रोतका रूपमा प्रयोग गरिएको छ । साथै उहाँका छापिएका कृति तथा योगदानलाई अध्ययनको सहायक स्रोतको रूपमा प्रयोग गरिएको छ । प्राप्त तथ्यहरूको विश्लेषण गर्दा सङ्गीत प्रवीण नरराज ढकाल सङ्घर्षपूर्ण जीवनका खुड्किलाहरू पार गर्दै, सिमित साधन र स्रोतबाट पनि नेपालको सङ्गीत क्षेत्रलाई धनि बनाउन ठूलो योगदान गर्ने व्यक्तित्व भएको पाइएको छ । उहाँ शास्त्रीय सङ्गीतमा मात्रै नभएर लोक तथा आधुनिक गीत सङ्गीतमा पनि दख्खल रहेको बहुप्रतिभाशाली व्यक्तित्व रहेको पनि पाइएको छ । यस अध्ययनबाट प्राप्त परिणामका आधारमा यस लेखले नेपालका शास्त्रीय सङ्गीतका स्रष्टाहरू मध्ये सङ्गीत प्रवीण नरराज ढकालको योगदान बारे थप जानकारी प्राप्त गर्न सक्नेछन् ।

(All the popular music that carries the identity of Nepali people living in Nepali geography is Nepali music. Folk, classical, traditional, modern music of all genres are popular in Nepal. The icon of classical music, the source of inspiration for everyone in music, Musician Praveen Narraj Dhakal is a name that is respected by almost everyone. The aim of this study is to take a closer look at his musical contribution. The study and analysis of this subject has been done by qualitative method. Under which the in-depth discussion conducted with a group of personalities who know him most closely and have information (direct interviews with family members) has been used as the primary source of the study. Also, his published works and contributions have been used as auxiliary sources of study. Analyzing the facts, it has been found that the music expert Narraj Dhakal, overcoming the pitfalls of his life, has contributed greatly to enriching the music sector of Nepal even with limited means and resources. It has been found that he is a multi-talented personality who is proficient not only in classical music but also in folk and modern song music. Based on the results obtained from this study, this article can get more information about the contribution of Music Praveen Narraj Dhakal, one of the classical music creators of Nepal.)

Downloads

Download data is not yet available.
Abstract
78
PDF
53

Downloads

Published

2021-12-31

How to Cite

Poudel, S. R. (2021). नेपालको सङ्गीत क्षेत्रमा सङ्गीत प्रवीण नरराज ढकालको योगदान (Music expert Nararaj Dhakal’s contribution to the music field of Nepal). Journal of Fine Arts Campus, 3(2), 65–74. https://doi.org/10.3126/jfac.v3i2.48237

Issue

Section

Research Articles