नेपाली पञ्चै बाजा समुहः एक विश्लेषण {Nepali Panchai Baja Group: An Analysis}

Authors

  • Nagendra Prasad नगेन्द्रप्रसाद न्यौपाने Neupane Tribhuvan University

DOI:

https://doi.org/10.3126/jfac.v4i2.54829

Keywords:

Gandharva, Damai, Panchai Baja, Dhun, Tal

Abstract

प्रस्तुत लेखमा गन्धर्व अन्तर्गत दमाई समुदायले नेपाली लोक परम्पराका विभिन्न अवसरहरूमा बजाउदै आएको प्रचलित पञ्चैे बाजालाई विश्लेषणको बिषय बनाइएको छ । नेपाली लोक परम्पराका विभिन्न धार्मिक तथा सांस्कृतिक अवसरमा बजाईने पञ्चै बाजा परम्परादेखि चल्दै आएको हाम्रो धरोहरको रुपमा रहेको मौलिक बाजा हो । पञ्चै बाजा अन्तर्गत सहनाई, नरसिङ्गा, कर्नाल, दमाहा, ढोलकी, ट्याम्को र झ्याली गरी जम्मा पाँच वटा बाजाहरु रहेका हुन्छन । यस बाजा भित्र रहेको पाँच वटा बाजाहरुको प्रयोगबाट नै यसको नाम पञ्चैे बाजा भएको हो । यी बाजाहरुको आफ्नै गरिमा, महत्व, विशेषता र शैली रहेको छ । यी बाजाहरुको बनोट कसरी भएको छ ? यसमा के कस्ता पदार्थको प्रयोग भएको छ ? यसको पृष्ठभूमि विशेषता र शैली कस्तो छ ? विगत र वर्तमानको अवस्था, समस्या र चुनौती बारे एकातिर चर्चा गरिएको छ भने अर्को तीर यस पञ्चै बाजामा बज्ने र बजाइने विभिन्न प्रकारका राग, रागिनी तथा धुनहरु के कति छन ? उक्त राग, रागिनी र धुनहरु कुन अवसरको कस्तो अवस्थामा प्रयोग भएको छ ? यसको विशेषता के हो भन्ने बारेमा वृस्तित रुपमा ब्याख्या गरिएको छ । यस लेखबाट हाम्रो धरोहरको रुपमा रहेको पञ्चै बाजा बारेमा पाठक वर्गलाई वृस्तित जानकारी र ज्ञान हासिल हुने छ र यसमा उठाइएका कुराले समाज र साङ्गीतिक क्षेत्रमा रहेको कौतुहलता, उत्सुकता र जिज्ञासालाई केहि हदसम्म मेटाउने छ साथै नेपाली लोक सङ्गीतको क्षेत्रमा टेवा पुग्ने छ ।     

{In the presented article, the popular panchaye baja played by the Damai community under Gandharva on various occasions of Nepali folk tradition has been made the subject of analysis. Panchai baza, which is played on various religious and cultural occasions of Nepali folk tradition, is the original baza, which is our heritage. There are five instruments under Panchai Baja namely Sahanai, Narsinga, Karnal, Damaha, Dholki, Tamko and Jhyali. It is named Panchaye Baja from the use of five instruments inside this instrument. These instruments have their own dignity, importance, characteristics and style. How are these tools made? What substances have been used in it? What is its background characteristics and style? Past and present conditions, problems and challenges have been discussed on the one hand and on the other hand, how many different types of ragas, raginis and tunes are played in this panchai instrument? The said raga, ragini and tunes are used in what occasion? Its features have been explained in detail. From this article, the readership will get a lot of information and knowledge about Panchai Baja, which is our heritage, and the things raised in it will erase the curiosity, eagerness and curiosity in the society and the musical field to some extent and will help in the field of Nepali folk music.}

Downloads

Download data is not yet available.
Abstract
54
PDF
21

Downloads

Published

2022-12-31

How to Cite

Neupane N. P. न. न. (2022). नेपाली पञ्चै बाजा समुहः एक विश्लेषण {Nepali Panchai Baja Group: An Analysis}. Journal of Fine Arts Campus, 4(2), 45–55. https://doi.org/10.3126/jfac.v4i2.54829

Issue

Section

Research Articles