कार्तिक नाँचमा सङ्गीत अन्तर्गत ताल र वाद्य विश्लेषण

Authors

  • Swojan Raghubanshi TU

Keywords:

Dafa music, Kartik dance, Nepali dance, Musical instruments

Abstract

प्रस्तुत अनुसन्धान लेखमा कार्तिक नाँचमा सङ्गीत अन्तर्गत ताल र वाद्यको विश्लेषण रहेको छ । गायन, वादन र नृत्य सङ्गीतको तीन विधा जसमा ताल पक्षले महवपूर्ण भूमिका खेलेको हुन्छ । ताल लयमा केन्द्रित रहेको हुन्छ । ताल र लय अनुसार बजाईएको वाद्यबाट आएको (सुर वा स्वर) ध्वनीले साङ्गीतिक माहोलको सृजना गर्दछ । सङ्गीत प्रस्तुतिको उद्देस्य विभिन्न किसिमको हुनसक्दछ । ताललाई वाद्य एवं गानाका साथमा सम्पादन गरिन्छ भने सोही अनुरूपको नृत्य हुने गर्दछ । मल्लकालमा सुरुवात भएको कार्तिक नाँच एक अद्वितीय एवं विभिन्न विशेषताले भरिएको एक मौलिक नाँच जुन आजको दिनसम्म पनि अटूट रूपले चलिआएको छ जसमा नेवाः समुदायमा प्रचलित विभिन्न ताल एवं वाद्यहरुको प्रयोग गरिएको पाईन्छ । प्राथमिक तथा द्वितियक दुवै विधिबाट तथ्य सङ्कलन गरी तयार पारिएको यस अनुसन्धान लेखमा कार्तिक नाँचमा प्रयोग गरिने विभिन्न तालहरुको लिपी (नोटेशन), त्यस तालको विशेषता, कुन नाँचमा कुन तालको प्रयोग तथा केही नेवाः तालको लिपीहरु प्रस्तुत गरिएको छ भने नाँचमा प्रयोग हुने विभिन्न वाद्यको वारेमा संक्षिप्त रुपमा जानकारी, कार्तिक नाँचमा ताल र वाद्यको महत्व एवं कार्तिक नाँचमा ताल र वाद्यको चुनौतीको बारे लेखिएको छ जसले गर्दा कार्तिक नाँचको ताल एवं वाद्यको बारे खोज तथा अनुसन्धान गर्नेहरुको लागि केही आधार मिल्दछ ।

 

Abstract
305
PDF
0

Downloads

Published

2023-11-30

How to Cite

कार्तिक नाँचमा सङ्गीत अन्तर्गत ताल र वाद्य विश्लेषण. (2023). Journal of Fine Arts Campus, 5(1), 55-64. https://doi.org/10.3126/jfac.v5i1.60304

Issue

Section

Research Articles

How to Cite

कार्तिक नाँचमा सङ्गीत अन्तर्गत ताल र वाद्य विश्लेषण. (2023). Journal of Fine Arts Campus, 5(1), 55-64. https://doi.org/10.3126/jfac.v5i1.60304