किरात राई जातिको मौलिक लोकगीति संस्कृति: एक अध्ययन

Authors

  • Dilendra Kumar Rai Grammar College and School, Koteshowr

DOI:

https://doi.org/10.3126/jikap.v1i1.82688

Keywords:

रिसिया, आदिवासी, पुनर्जागरण, मुन्दुम

Abstract

आदिवासी किरात राई जातिको मौलिक लोकगीति संस्कृतिको खोज, अध्ययन साथै तिनीहरूको भाषिक र सांस्कृतिक महत्त्वको उजागर गर्नु नै यो अनुसन्धान कार्यको मूल उद्देश्य रहेकोे  थियो । यो अध्ययन विषयगत प्रकृतिको भएकोले गुणात्मक विधिको प्रयोग गर्दै प्राप्त विषयवस्तुहरूलाई रैथाने सामाजिक सन्दर्भमा विभिन्न कोणहरूबाट विश्लेषण, अर्थपूर्ण व्याख्या, सार निर्माण र निष्कर्ष निकालिएको छ । स्थलगत खोज, व्यक्तिगत कुराकानी, पत्रपत्रिका, पुस्तक र लेख रचनाहरू अध्ययन स्रोतहरूको रूपमा रहेका छन । प्रदर्शनकारी लोकगीति संस्कृतिमा लैबरी, हियारी, मुन्दुम, रिसिया, होप्माछाम, साकेला, हाक्पारे, वाढाङनी, छवाकछाम, माङछाम, माङसेवा भजन, ए हो बालै, गोठाले दाइ, गोठाले जस्ता भाषिक र सांस्कृतिक महत्त्व बोकेका लोपोन्मुख लोकभाकाहरू अध्ययनमा देखिन्छन भने रैथाने माटो, प्रकृति, ऋतु, खेतिपाती, लोकगीति साहित्य, चाडपर्व र शुभकार्यका गीतहरू साथै उनीहरूको यथार्थ जीवन जीवनशैली प्रतिविम्बित भएको पाइएको छ । भाषिक, सांस्कृतिक विशेष महत्त्व बोक्नुका साथै राष्ट्रिय धरोहरको रूपमा लोकगीति संस्कृति रहेकोले प्रत्येक जातीय समुदायको पहिचान साथै राष्ट्रिय सम्पदा भएकोे हुनाले बौद्घिक तथा पुञ्जिकृत सम्पत्तिका रूपमा संरक्षण र सम्बर्धन गर्न सरोकारवालाहरू लगायत राज्यका सबै तहहरू संवेदनशील बन्न आवश्यक रहेको निष्कर्ष छ ।

Downloads

Download data is not yet available.
Abstract
82
PDF (नेपाली)
61

Published

2025-08-04

How to Cite

Rai, D. K. (2025). किरात राई जातिको मौलिक लोकगीति संस्कृति: एक अध्ययन. Journal of Indigenous Knowledge and Practice, 1(1), 142–176. https://doi.org/10.3126/jikap.v1i1.82688

Issue

Section

Articles