राजवंशी भाषाको अपशरणका क्षेत्र र कारणहरू

Authors

  • Tilak Lamsal Faculty of Social Sciences and Education, NOU

Keywords:

प्रभावी भाषा, भाषिक अपसरण, मातृभाषा, कोच, राजवंशी

Abstract

कुनै भाषिक समुदायका दोभाषी मानिसहरू आफनो मातृभाषाको प्रयोग क्रमशः छाडदै अर्को भाषाको प्रयोगतर्फ  अग्रसर हुने स्थितिलाई भाषिक अपसरण मानिन्छ । नेपालमा प्रयोग हुँदै आएका सीमान्तकृत जातिका मातृभाषीहरू दोस्रो भाषातर्फ अपसरण हुँदै गएका सन्दर्भहरू पूर्वकार्यहरूले देखाएका भए पनि राजवंशी भाषाको अपसरणका सम्बन्धमा पूर्वकार्यहरूको कमी रहेको देखिन्छ । राजवंशी भाषाको अपसरणका क्षेत्र र कारणहरूलाई समस्या मानिएको प्रस्तुत लेखमा अध्ययन क्षेत्रका राजवंशी भाषाका कुन किसिमका शब्दमा अपसरण हुँदै छन, त्यसको खोजी गरी उक्त भाषाको अपसरणको अवस्था र कारणहरूको विश्लेषण गर्नु यस लेखको उद्देश्य रहेको छ । यो लेख गुणात्मक शोध पद्धतिका आधारमा अध्ययन क्षेत्रमा बसोबास गर्ने राजवंशी मातृभाषी वक्ताहरूसँग प्रत्यक्ष अन्तर्वार्ता लिएर तथ्य सङकलन गरी प्राप्त तथ्यहरूलाई आगमनात्मक विधिबाट वर्णन तथा विश्लेषण गरिएको छ । प्राप्त तथ्यको विश्लेषण गर्दा राजवंशी मातृभाषी पाकोपुस्ता र युवापुस्ता दुवैमा भाषिक अपसरण हुन गएको पाइन्छ । विशेष गरी स्थाननाम, शिष्टाचार/अभिवादन, नाता/साइनो, तरकारीबोधक साग नामजस्ता क्षेत्रका शब्दहरू नेपाली भाषातर्फ अपसरण ९बिलनगबनभ कजषत० हुँदै गएको देखिएको र यसो हुनुमा नेपाली भाषाको प्रभाव र अन्तरजातीय विवाह मुख्य कारण रहेको नतिजा निस्किएको छ । प्राप्त नतिजलाई हेर्दा पाकोपुस्ताका राजवंशीहरू पारिवारिक वातावरणमा आफनो जातीय भाषामै कुराकानी गर्ने भए तापनि युवापुस्ताका राजवंशीहरूले कुराकानी गर्दा भने नेपाली भाषा नै बढी प्रयोग गर्ने गरेको देखिएकाले राजवंशी भाषा अपसरणतर्फ लाग्दै गएको निष्कर्ष निस्किएको छ । राजवंशी भाषाको संरक्षणका लागि उक्त भाषाको अपसरणको प्रभावको गहन अध्ययन हुनुपर्ने, राजवंशी समुदाय बाहुल्य भएको क्षेत्रमा राजवंशी मातृभाषाका माध्यमबाट आधारभूत तहसम्म पठनपाठन गर्ने व्यवस्था स्थानीय तहले मिलाउनुपर्ने लगायतका सुझावहरू पनि प्रस्तुत गरिएको छ ।

Abstract
141
PDF (Nepali)
0

Downloads

Published

2025-08-04

How to Cite

Lamsal, T. (2025). राजवंशी भाषाको अपशरणका क्षेत्र र कारणहरू. Journal of Indigenous Knowledge and Practice, 1(1), 177-193. https://doi.org/10.3126/jikap.v1i1.82690

Issue

Section

Articles

How to Cite

Lamsal, T. (2025). राजवंशी भाषाको अपशरणका क्षेत्र र कारणहरू. Journal of Indigenous Knowledge and Practice, 1(1), 177-193. https://doi.org/10.3126/jikap.v1i1.82690