नेपालमा स्थानीय पाठ्यक्रमको अवधारणा, अवस्था र गणितीय विषय क्षेत्रको स्थान: एक सिंहावलोकन

Authors

  • राजेन्द्र Rajendra कुँवर Kunwar सानोठिमी क्याम्पस, भक्तपुर Sanothimi Campus, TU

DOI:

https://doi.org/10.3126/jme.v5i1.60919

Keywords:

स्थानीय पाठ्यक्रम, स्थानीय समुदाय, पाठ्यक्रमका क्षेत्र, सामुदायिक आवश्यकता, नीति, Local Curriculum, Local Society, Community needs, Areas of Curriculum, policy

Abstract

नेपालमा स्थानीय पाठ्यक्रम समुदायको स्थानीय आवश्यकता, रुचि र सांस्कृतिक अभ्यासहरूमा आधारित भएर बनाइएको पाइन्छ । स्थानीय पाठ्यक्रम विकास विद्यालयका प्रधानाध्यापक, शिक्षक र समुदायका सदस्यहरू सम्मिलित एक सहयोगी प्रक्रिया हो । यस लेखमा स्थानीय पाठ्यक्रम विकास गर्ने प्रक्रिया, यसको विकासलाई प्रभाव पार्ने कारकहरू, सामना गर्नुपर्ने चुनौतीहरू, गणित विषय क्षेत्रको स्थान, स्थानीय पाठ्यक्रममा प्रयोग गरिने विधिहरू स्थानीय पाठ्यक्रमा गणित र स्थानीय पाठ्यक्रम अभ्यासको विष्लेशण गर्ने उद्देश्य राखिएको छ । नेपालमा स्थानीय पाठ्यक्रम विकास र कार्यान्वयन प्रक्रिया सामुदायिक आवश्यकताहरू, सरकारी नीतिहरू र उपलब्ध स्रोत साधनहरू जस्ता विभिन्न कारकहरूबाट प्रभावित छ। त्यसैगरी यसमा पाठ्यक्रम विकास प्रक्रियामा भएका विविध चुनौतीहरू र स्थानीय पाठ्यक्रमले शैक्षिक क्षेत्रमा समेट्ने महत्वपूर्ण पक्षहरूलाई समेत समावेश गर्ने प्रयत्न गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
53
PDF
43

Downloads

Published

2023-12-21

How to Cite

कुँवर Kunwar र. R. (2023). नेपालमा स्थानीय पाठ्यक्रमको अवधारणा, अवस्था र गणितीय विषय क्षेत्रको स्थान: एक सिंहावलोकन. Journal of Mathematics Education, 5(1), 124–138. https://doi.org/10.3126/jme.v5i1.60919

Issue

Section

Articles