दनुवारी र नेपाली भाषाका शब्दवर्गको तुलना {Comparison of word classes of Danuwari and Nepali languages}

Authors

  • पदमप्रसाद Padam Prasad अर्याल Aryal भुवानीशंकर बहुमुखी कलेज, खैरहनी, चितवन

DOI:

https://doi.org/10.3126/jobs.v1i1.50084

Keywords:

स्वभाषेतर, भाषापरिवार, वर्गीकरण, आलेख, अङ्कन

Abstract

प्रस्तुत आलेख दनुवारी र नेपाली भाषाका शब्दवर्गको तुलना गर्ने उद्देश्यले तयार पारिएको छ । तुलनात्मक अध्ययनका लागि नवीन तथा स्पष्ट सैद्धान्तिक पर्याधारको अभावमा मूलत: विद्वान्हरूका परम्परित नेपाली व्याकरणानुसार शब्दले गर्ने कार्यका आधारमा उक्त दुई भाषाका शब्दवर्गलाई तालिकीकरणका माध्यमबाट आलेखन गरिएको छ । पदवर्गभित्रका नाम, सर्वनाम, विशेषण, अव्यय, निपात र क्रियावर्ग र यसका भेदोपभेदको पनि तुलना गरिएको छ । यसका साथै क्षेत्रीय अध्ययन गरी प्राप्त प्राथमिक सामग्रीहरूलाई वर्गीकरण गर्न र अन्य आवश्यक ज्ञानका लागि पुस्तकालयीय विधिको प्रयोग पनि गरिएको छ । यस आलेखको प्राविधिक कार्यलाई पूर्णता प्रदान गर्न एपिए सातौँ संस्करणका प्रावधानलाई यथाशक्य उपयोग गरिएको छ । नेपाल विभिन्न जातजातिको सङ्गमस्थल हो । नेपालका प्रमाणित भाषा १२३ छन् भने भाषा –आयोगले नयाँ आठ वटा भाषाहरूको सूची प्रकाशित गरेको छ । दुवैलाई जोड्दा नेपालमा १३१ भाषा अस्तित्वमा छन् । यीमध्ये दनुवार जाति र यसको भाषा पनि एक राष्ट्रिय भाषा हो । दनुवारी भाषी नेपालका सातै प्रदेशमा छरिएर बसेका भए पनि यिनको मुख्य उद्गम स्थल र अधिक सङ्ख्यामा बसोबास चाहिँ वाग्मती प्रदेशमा नै भएको तथ्याङ्क प्राप्तछ । दनुवारी र नेपाली यी दुई भाषाका शब्दवर्गको तुलना गर्न सैद्धान्तिक आधारको आवश्यक पर्छ तर भाषाको तुलना गर्ने ठोस प्रकारको सैद्धान्तिक आधारको अभाव भएको हुँदा मूलतः परम्परित व्याकरण र आंशिक रूपमा तालिकीकरणका माध्यमबाट प्रस्तुत गरिएको छ । परम्परागत व्याकरणको शब्दवर्गको सैद्धान्तिक आधारमा दनुवारी र नेपाली भाषाका शब्दवर्गलाई तुलना गरिएको छ । दनुवारी भाषाका नाम वर्ग र विभिन्न उपवर्गमा अन्य भाषाको बढी मात्रामा प्रभाव परेको छ तथापि यो भाषा शब्दभण्डारका दृष्टिले निकै सबल छ । नातागोता, शरीरका विभिन्न अङ्ग, लुगाफाटा गरगहना,रोग, कृषिसँग सम्बन्धित शब्दहरू, नेपाली भाषासँग सम्बन्धित शब्दहरू, बोटविरुवा, कीटपतङ्ग, घरेलु सामग्री,पशुपंक्षी रखानेकुरा आदिका नाम शब्द सबै प्रकारका शब्दहरू प्रशस्त मात्रामा रहेको पाइएको छ । उक्त किसिमका शब्दहरू नेपाली निकटवर्ती भाषासँग पूर्ण भिन्नता, आंशिक समानता र पूर्ण समानता तिनै किसिमका समानता भएको कुराको निरूपण गरिएको छ । दनुवारी भाषा पनि नेपाली भाषाको तीव्र प्रभावमा रहेको स्थिति छ । नयाँ पुस्ताले लिइरहेको आधुनिक शिक्षा, बसाइँ सराइ, सञ्चार माध्यम मातृभाषाको प्रयोगमा कमी आदि कारणले यो भाषाले मूलत:  नेपाली भाषाकै प्रभाव र स्वभाषेतर प्रयोगका कारणले आफ्नो मौलिकपन दिनानुदिन गुमाइरहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
33
PDF
58

Author Biography

पदमप्रसाद Padam Prasad अर्याल Aryal , भुवानीशंकर बहुमुखी कलेज, खैरहनी, चितवन

सहायक प्राध्यापक, नेपाली 

Downloads

Published

2022-12-12

How to Cite

अर्याल Aryal प. P. P. (2022). दनुवारी र नेपाली भाषाका शब्दवर्गको तुलना {Comparison of word classes of Danuwari and Nepali languages}. Journal of Bhuwanishankar, 1(1), 138–152. https://doi.org/10.3126/jobs.v1i1.50084

Issue

Section

Articles