सानु शर्माको ‘बकाइनाको बोट’ कथामा द्विचरविरोध {Dualism in Sanu Sharma's story 'Bakainako Bot'}

Authors

  • मनीषा Manisha उपाध्याय Upadhyaya सैनिक आवासीय महाविद्यालय तेघरी, कैलाली, सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगर, कञ्चनपुर

Keywords:

संरचनावाद, विन्यासक्रमिक, समस्थानिक, भ्रामक, युग्मक, द्विचर

Abstract

नेपाली साहित्यमा समकालीन समयकी कथाकार सानु शर्मा उत्तरआधुनिकतावादी प्रवृत्तिका कथाहरू रचना गर्ने कथाकार हुन् । उनले एकादेशमा कथासङ्ग्रहमा जम्मा २१ वटा कथाहरू सङ्कलन गरेकी छन् । उनका विभिन्न चर्चितकथाहरू मध्येको एउटा कथा ‘बकाइनाको बोट’ हो । यस कथामा उनले त्यहाँ उपस्थित मुख्यपात्र उज्वलको अतीतको कथावस्तु प्रस्तुत गरेकी छन् । बकाइनाको बोटलाई प्रतिबिम्बित गरी रचिएको उक्त कथामा उज्वल उक्त बकाइनाको बोटको प्रतीक हो, किनभने बकाइनाको बोटको फेदमा फेला पारेको उसलाई कर्म दिने आमाले आफूले जन्माएकाछोराहरू भन्दा पनि बढी माया गरेको देखिन्छ । पछिल्लो समयमा पाठकले अत्यन्तै रुचाएकी आख्यानकार सानु शर्माले लेखेको यो कथा लगायत अन्य विभिन्न कथाहरू उत्तिकै महत्त्वपूर्ण मानिन्छन् । ‘बकाइनाको बोट’ कथामा द्विचर विरोध शीर्षकमा तयार गरिएको यो लेख उनको ‘बकाइनाको बोट’ कथामा देखिएका द्विचरविरोधहरू पत्ता लगाई तिनीहरूलाई कसरी अस्वीकार गरिएको छ भन्ने कुराको खोजी गर्ने उद्देश्यले तयार पारिएको छ । कथाको सुरुदेखि अन्तसम्म देखिएका द्विचर विरोधहरूको बारेमा जानकारी लिई तिनीहरूको उत्तरआधुनिकतावादी मान्यताका आधारमा व्याख्या विश्लेषण गर्नुमा यो लेख सीमित रहेको छ । उक्त लेख तयार गर्नका लागि गुणात्मक विधिअन्तर्गत पर्ने पुस्तकालयीय कार्य गरिएको छ । उक्त लेख तयार गर्नका लागि सानु शर्माको ‘बकाइनाको बोट’ कथालाई प्राथमिक स्रोतका रूपमा लिइएको छ भने अन्य त्यससँग सम्बन्धित सामग्रीहरूलाई द्वितीय स्रोतका रूपमा प्रयोग गरिएको छ । यस लेखमा ‘बकाइनाको बोट’ कथामा देखिएका द्विचर विरोधहरूको बारेमा खोजी गर्नुका साथै समाजमा देखिएका त्यस्ता द्विचर विरोधहरूको के कसरी अस्वीकार गरिएको छ भन्ने कुरालाई देखाउन खोजिएको छ । समग्रमा यस अध्ययनबाट ‘बकाइनाको बोट’ कथामा देखिएका द्विचर विरोधहरूको खोजी गरी त्यसप्रतिको अस्वीकारका बारेमा विभिन्न साक्ष्यहरूका माध्यमबाट खोजी गरी निष्कर्ष निकालिएको छ । समाजमा यस्ता किसिमका द्विचर विरोधहरू देखिने गरेको र केही व्यक्तिहरूले त्यस्ता विरोधप्रति असहमति जनाएको कुरालाई यस ‘बकाइनाको बोट’ कथाका माध्यमबाट यस अध्ययनले देखाउन खोजेको छ ।

Abstract
376
PDF
0

Author Biography

मनीषा Manisha उपाध्याय Upadhyaya, सैनिक आवासीय महाविद्यालय तेघरी, कैलाली, सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगर, कञ्चनपुर

सहायक प्राध्यापक, सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगर, विद्यावारिधि शोधार्थी 

Assistant Lecturer and Ph.D. Scholar

Downloads

Published

2022-12-12

How to Cite

सानु शर्माको ‘बकाइनाको बोट’ कथामा द्विचरविरोध {Dualism in Sanu Sharma’s story ’Bakainako Bot’}. (2022). Journal of Bhuwanishankar, 1(1), 153-166. https://doi.org/10.3126/jobs.v1i1.50088

Issue

Section

Articles

How to Cite

सानु शर्माको ‘बकाइनाको बोट’ कथामा द्विचरविरोध {Dualism in Sanu Sharma’s story ’Bakainako Bot’}. (2022). Journal of Bhuwanishankar, 1(1), 153-166. https://doi.org/10.3126/jobs.v1i1.50088