समकालीन नेपाली निबन्धमा विचारतत्त्व

Authors

  • ज्ञानु Gyanu अधिकारी Adhikari त्रिवि, पद्मकन्या बहुमुखी क्याम्पस काठमाडौँ 

DOI:

https://doi.org/10.3126/jobs.v2i1.62247

Keywords:

अवधारणीकृत, विचारशृङ्खला, चिन्तनप्रवाह, शब्दबद्ध, समुच्चय

Abstract

प्रस्तुत आलेखमा समकालीन नेपाली निबन्धलाई पाठका रूपमा लिई त्यसमा प्रयुक्त विचारतत्त्वका विभिन्न पक्षहरूको विश्लेषण र मूल्याङ्कन गरी उक्त निबन्धहरूमा अभिव्यञ्जित वैचारिकताका विविध पक्षको निरूपण गरिएको छ । समकालीन नेपाली निबन्धका प्रतिनिधिमूलक रचनालाई चयन गरी विश्लेषण गरिएको यस लेखमा आत्मपरक निबन्धमा प्रयोग भएर आएका विचारपक्षहरूमध्ये जीवन र जगत्सम्बन्धी विचार, अस्तित्वसम्बन्धी विचार र समाजसम्बन्धी विचारको अध्ययन र विश्लेषण गरी समकालीन नेपाली निबन्धमा प्रयुक्त विचारलाई स्थापित गर्नु यस लेखको उद्देश्य हो । समकालीन नेपाली निबन्धका रूपमा २०४६ यता लेखिएका नेपाली निबन्धलाई मानिएको छ । यहाँ समकालीन निबन्धहरूको प्रतिनिधिमूलक रचनालाई विश्लेषण गर्नका लागि विचारपक्षका आधारभूत मान्यतालाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी सोद्देश्यमूलक नमुना छनोट पद्धतिबाट पाठगत तथ्याङ्क सङ्कलन गरी सघन विश्लेषण गरिएको छ । यसका निम्ति समकालीन नेपाली निबन्धमा विषयका रूपमा प्रयुक्त जीवन र जगत्सम्बन्धी विचारका लागि पौरस्त्य दर्शन, अस्तित्वसम्बन्धी विचारका लागि पाश्चात्य अस्तित्ववादी दर्शन र सामाजिक पक्षसँग सम्बद्ध समाजशास्त्रीय चिन्तनका विचारगत सन्दर्भलाई सैद्धान्तिक ढाँचाका रूपमा उपयोग गरी वर्णनात्मक तथा व्याख्यात्मक विधिद्वारा विश्लेषण गरिएको छ । आत्मपरक शैलीमा लेखिएका समकालीन नेपाली निबन्धमा आएका विषयहरूमा यथार्थको प्रकटीकरणका साथै त्यसमा विचारतत्त्व पनि सबल रूपमा प्रस्तुत भएको छ र यसले समकालीन नेपाली निबन्धलाई गम्भीर, बहुविषयक र प्रभावकारी बनाएको छ भन्ने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
17
PDF
15

Author Biography

ज्ञानु Gyanu अधिकारी Adhikari, त्रिवि, पद्मकन्या बहुमुखी क्याम्पस काठमाडौँ 

 उपप्राध्यापक

Downloads

Published

2023-12-31

How to Cite

अधिकारी Adhikari ज. G. (2023). समकालीन नेपाली निबन्धमा विचारतत्त्व. Journal of Bhuwanishankar, 2(1), 94–103. https://doi.org/10.3126/jobs.v2i1.62247

Issue

Section

Articles