संवेदनाको समायोग निबन्धमा निजात्मकता

Authors

  • सुधा Sudha शर्मा Sharma त्रिवि, डिल्लीबजार कन्या बहुमुखी क्याम्पस, काठमाडौँ

Keywords:

हार्दिकता, अनुभूति, आख्यानात्मकता, आत्मप्रकटीकरण, निजात्मकता, बौद्धिकता

Abstract

प्रस्तुत आलेख ज्ञानु अधिकारीद्वारा रचित ‘संवेदनाको समायोग निबन्धमा निजात्मकता’ को विश्लेषणमा केन्द्रित रहेको छ । प्रस्तुत लेख मुख्यतया पुस्तकालयीय कार्यबाट सामग्रीको सङ्कलन गरी तयार गरिएको छ । निबन्धको विश्लेषणका लागि निजात्मकताको सिद्धान्त यसमा सैद्धान्तिक रूपमा रहेको छ र यसै सैद्धान्तिक पृष्ठभूमिमा केन्द्रित रही निजात्मकतालाई विषय र आधार बनाएर प्रस्तुत गरिएको छ । मूलतः गुणात्मक प्रकृतिको अनुसन्धानमा आधारित रहेको यस लेखमा विवेच्य निबन्धमा प्रयुक्त कथ्य र निबन्धकारका चिन्तनको विश्लेषण गर्नु सान्दर्भिक रहेको देखिन्छ र यसमा निबन्धका सैद्धान्तिक मान्यतामा केन्द्रित रही निजात्मकतालाई विषय बनाएर प्रस्तुत गरिएको छ । विषय विश्लेषणका लागि आवश्यकताअनुसार निगमनात्मक र आगमनात्मक दुवै विधिको अवलम्बन गरेर निबन्धका विविध शैलीमध्ये निजात्मकतालाई आधार बनाएर यसभित्र आख्यानात्मकता, निजी अनुभूतिको आत्मप्रस्फुटन, हृदय पक्ष र अस्तित्वको प्रबलता, अनुभूतिपरकताजस्ता कुरालाई हेरिएको छ र यसै आधारमा विश्लेषण गरिएको छ । निबन्धकारका अनुभूति आत्मप्रकटीकरण गर्ने क्रममा नारीसंवेदना, अस्तित्व, चुनौती, समाज र सामाजिक संरचना, जीवनजगत्का भोगाइजस्ता विचारको राम्रो निरूपण पाइन्छ । यहाँ आख्यानका दृष्टिले यो निबन्धमा समय व्यवस्थापन कला, इतिहास, पठनसंस्कृति एवम् बजारीकरणमा भन्दा साहित्यको विकासमा जोड दिनुपर्ने, मातृत्व, स्वअस्तित्व, स्वपहिचान महत्त्वपूर्ण हुने निजी अनुभूतिका पक्ष सबल रहेको, आत्मसाक्षात्कार नै परमानन्द भएकाले यथार्थमा रमाउनुपर्ने हृदय पक्ष र अस्तित्व पक्षको प्रबलता रहेका छन् र निजात्मकताभित्र अनुभूतिपरकताका दृष्टिले यस निबन्धमा परम्परागत मूल्यमान्यता नै बन्धन भएकाले त्यसलाई चुँडाएर अघि बढ्नुपर्छ भन्ने चिन्तन एवम् सोचाइ सबल रहेको तथा आत्मसम्मानको अभिव्यक्ति, आख्यानात्मकता, भावात्मकता, विचारात्मकता, वैयक्तिकता र संस्मरणात्मकता आदि निजात्मकताका पक्ष सबल रहेका छन् भन्ने निष्कर्ष यहाँ निकालिएको छ ।

Abstract
276
PDF
0

Author Biography

सुधा Sudha शर्मा Sharma, त्रिवि, डिल्लीबजार कन्या बहुमुखी क्याम्पस, काठमाडौँ

उपप्राध्यापक

Downloads

Published

2023-12-31

How to Cite

संवेदनाको समायोग निबन्धमा निजात्मकता. (2023). Journal of Bhuwanishankar, 2(1), 104-117. https://doi.org/10.3126/jobs.v2i1.62248

Issue

Section

Articles

How to Cite

संवेदनाको समायोग निबन्धमा निजात्मकता. (2023). Journal of Bhuwanishankar, 2(1), 104-117. https://doi.org/10.3126/jobs.v2i1.62248