माध्यमिक तहका विद्यार्थीहरुको शुभकामना पत्र लेखन क्षमता
DOI:
https://doi.org/10.3126/jore.v1i1.78742Keywords:
सैद्धान्तिक, प्रयोगपरक, सिकाइ, व्यावहारिक शिक्षण सिकाइAbstract
मानव जीवनका दैनिक व्यवहार संचालनका लागि आवश्यक लिखित अभिव्यक्ति व्यावहारिक लेखनसँगसम्बन्धित हुन्छ । दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरु व्यावहारिक हुन् । व्यावहारिक लेखनअन्तर्गत चिठीः व्यक्तिगत, कार्यालयीय, व्यावसायिक, निवेदन, सूचना, विज्ञापन, रसिद, भर्पाइ, मन्जुरीनामा, निर्णयपुस्तिका लेखन, व्यक्तिगत विवरण पर्दछन्। नेपालको शैक्षिक संरचना अनुरुप माध्यमिक तह विद्यालय तह हो । कक्षा ९ देखि कक्षा १२ सम्मको कक्षागत तहलाई माध्यमिक तह भनिन्छ । कक्षा १० उत्तीर्ण भएपछि एस.इ.इ. ( सेकेन्डरी एजुकेसन इग्जामाइनेसन ) को परीक्षा हुने गर्दछ । यस परीक्षामा उत्तीर्ण भएपछि कक्षा ११ मा अध्ययन गर्न पाइन्छ । यस अध्ययनमा कक्षा १० लाई केन्द्रविन्दुमा राख्दै एस.इ.इ.को परीक्षा दिन तयारी अवस्थामा रहेका विद्यार्थीहरुको व्यावहारिक लेखन अन्तर्गत शुभकामना पत्र लेखन क्षमता के कस्तो छ ? उनीहरुमा देखापरेका शुभकामना पत्र लेखनका मूलभूत समस्याहरु के के छन् ? समस्या समाधान के कसरी गर्न सकिन्छ ? भन्ने जिज्ञासा एवम्अनुसन्धेय प्रश्नमा आधारित भई माध्यमिकतहका विद्यार्थीहरुको शुभकामना पत्र लेखन क्षमताको पहिचान गर्नु, शुभकामना पत्र लेखनमा आइपरेका समस्याहरु उल्लेख गर्नु, समस्या समाधानका उपाय सुझाउनु र शुभकामना पत्र लेखनको क्षमता अभिवृद्धि गर्नु जस्ता उद्देश्यमा यो अध्ययन केन्द्रित रहेको छ । क्षेत्रगत भ्रमण अध्ययन विधि अवलम्बन गरिएको यस अनुसन्धानमा उद्देश्यपरक ढङ्गबाट नमुना छनोट गरी परीक्षण गरिएको छ । जुम्ला जिल्लाको चन्दननाथन गरपालिकाका ४ वटा सामुदायिक माध्यमिक विद्यालयका ३० जना विद्यार्थीका दरले जम्मा १२० जना विद्यार्थीहरु नमुनाका रुपमा रहनेछन् । १२० जना विद्यार्थीहरुमा शुभकामना पत्र लेखन क्षमताको प्रश्नावलीका सहायताबाट परीक्षण गरी शुभकामना पत्र लेखन प्रत्येक विद्यार्थीको विश्लेषण गरी क्षमतालाई प्रतिशतमा राखिएकोछ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.