नेपाली भाषा सिकाइमा शिक्षक विद्यार्थीका कक्षा व्यवहार

Authors

  • Laxmi Prasad Acharya मध्यपश्चिम विश्वविद्यालय, सुर्खेत Mid-West University, Surkhet

DOI:

https://doi.org/10.3126/jore.v1i1.78744

Keywords:

सुधारात्मक, समन्वय, पूर्वाग्रह, निर्णायक, उत्प्रेरणा

Abstract

प्रस्तुत अध्ययन शिक्षक विद्यार्थीले कक्षामा प्रदर्शित गरेका व्यवहारको विश्लेषणमा आधारित छ । यसमा नेपाली भाषा शिक्षणका क्रममा शिक्षक र विद्यार्थीका व्यवहारको विश्लेषण गरी सिकाइ वातावरणको लेखाजोखा गर्ने उद्देश्य राखिएको छ । गुणात्मक अध्ययन ढाँचाको उपयोग भएको यस अध्ययनमा दैलेख जिल्लाको गुराँस गाउँपालिकाका विद्यालयमा कार्यरत पाँचजना शिक्षक र तिनले अध्यापन गरेका कक्षाका विद्यार्थीहरूलाई सहभागी बनाइएको छ । उनीहरूका कक्षा कार्यकलापको अवलोकनका आधारमा सङ्कलित तथ्याङ्कको विश्लेषण गरी नतिजा पहिल्याइएको छ । विश्लेषणबाट प्राप्त नतिजालाई पूर्वकार्यहरूको समीक्षाबाट तयार गरिएका प्रतिमान र पूर्वअध्ययनका निष्कर्षका आधारमा छलफल गरी निष्कर्ष पहिल्याइएको छ । कक्षामा शिक्षक विद्यार्थीबाट सकारात्मक र नकारात्मक (सुधारात्मक) दुवै किसिमका व्यवहार देखाएका छन्। यी दुवै प्रकृतिका व्यवहारलाई स्वाभाविकरूपमा लिनुपर्ने, नकारात्मक व्यवहारलाई सुधार गर्नुपर्ने, व्यवहारलाई मानवीय गुणदोषका रूपमा लिई सोहीअनुसार व्यवहार गरिनुपर्ने नतिजा निकालिएको छ । यी मध्ये नकारात्मक व्यवहारमा नियन्त्रण र सकारात्मक व्यवहारमा निरन्तरता कायम राख्न सकिएको खण्डमा नेपाली भाषा शिक्षण सिकाइ सहज र प्रभावकारी बन्ने निष्कर्ष प्रस्तुत गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
74
PDF
42

Author Biography

Laxmi Prasad Acharya, मध्यपश्चिम विश्वविद्यालय, सुर्खेत Mid-West University, Surkhet

उपप्राध्यापक

Downloads

Published

2025-05-14

How to Cite

Acharya, L. P. (2025). नेपाली भाषा सिकाइमा शिक्षक विद्यार्थीका कक्षा व्यवहार. Journal of Research in Education, 1(1), 199–214. https://doi.org/10.3126/jore.v1i1.78744

Issue

Section

Articles