‘शहरबिनाको शहर’ कविताकृतिमा पर्यावरणीय चेतना {Eco Consciousness in the Poetry ‘‘The City without a City’’}

Authors

  • हेमबहादुर Hembahadur भण्डारी Bhandari Butwal Multiple Campus, Butwal बुटवल बहुमुखी क्याम्पस, रुपन्देही

DOI:

https://doi.org/10.3126/kaladarpan.v2i1.50914

Keywords:

प्रतिरोध, अर्थसंस्कृति, सङ्कथन, पर्यावरण, resistance, economic culture, capitalism, Environment, toxic

Abstract

दामोदर पुडासैनी ‘किशोर’ सामाजिक जनजीवनको भोगाइका साथै सीमान्त जनजीवनको सरोकारको विषयलाई कविताका माध्यमबाट प्रस्तुत गरी सामाजिक चेतना जागृतिको प्रयत्नमा रहेका कवि हुन् । शहरविनाको शहर कविता कृतिमा उनले नेपालको तराई इलाकाका जनताले बाँचेको सामाजिक सन्दर्भ उठान गरी त्यस इलाकाले भोग्नु परेको पीडा र त्यस इलाकामा बढ्दै गएको विकृति समेतलाई चित्रण गरेका छन् । अन्य सामाजिक विषयको उठानका सिलसिलामा पर्यावरणीय प्रदूषणलाई पनि कविताको विषयमा मिसाई उनले पर्यावरणीय चेतनाका अभावमा नेपालको तराई इलाका विशाक्त हावा र पानी ग्रहण गर्न बाध्य बनेको यथार्थमाथि प्रतिरोधी प्रतिक्रिया दिएका छन् । स्वार्थको मात्रा थपिँदै जाँदा मानवीय आचरण क्रमशः खिइँदै जान थालेको सन्दर्भ पेस गरी उनले राज्यको दायित्व सबल बन्न नसक्दा पर्यावरणीय चेतना र नैतिकता मानवीय स्वार्थमा साटिने अवस्था सिर्जना भएको दाबी गरेका छन् । पूँजीवादी अर्थसंस्कृतिको विस्तार पर्यावरण दोहनको प्रमुख कारण भएको कविको ठम्याइछ । पर्यावरणीय समालोचनाको सैद्धान्तिक धरातलमा रहेर यहाँ उनको शहरविनाको शहर कविताकृतिमा चित्रित नेपालको तराई इलाकाको जनजीवन र त्यस जनजीवनमा निर्मित विषालु सङ्कथन अवलोकन गरिएको छ । पर्यावरणीय नैतिक आचरणका अभावमा पर्यावरण संरक्षणको हाम्रो सन्दर्भ अन्योलग्रस्त बन्न पुगेको छ, त्यसैले त्यतातिरको सामाजिक सचेतनाको जागृति नै आजको आवश्यकता हो भन्ने निचोडमा प्रस्तुत अध्ययन पुगेको छ ।

{Damodar Pudasaini 'Kishore' is a poet who is trying to awaken social consciousness by presenting the issues of social life as well as the concerns of marginal people through poetry. In the poetry the City without a City, he has taken the social context from the Terai region of Nepal. He has depicted the sufferings of the people of the Terai region and the growing deformities in that region. In the course of raising other social issues, he has also mixed environmental pollution as a subject of poetry, and he has given a resistance response to the reality that Nepal's Terai region is forced to accept poisoned air and water due to a lack of environmental awareness. Submitting the context that human behavior is gradually deteriorating as the number of selfishness increases, he claimed that the state's responsibility could not be strengthened and environmental awareness and ethics were replaced by human interest. The poet believes that the expansion of capitalist economic culture is the main reason for environmental exploitation. Based on the theoretical ground of Eco's criticism, the life of the Terai region of Nepal is depicted in his poetry the City without a City and the toxic discourse in that life has been observed. Due to the lack of environmental ethics, our reference to environmental protection has become confused, so this study has concluded that the awakening of social awareness towards it is the need of the day.}

Downloads

Download data is not yet available.
Abstract
20
PDF
28

Author Biography

हेमबहादुर Hembahadur भण्डारी Bhandari, Butwal Multiple Campus, Butwal बुटवल बहुमुखी क्याम्पस, रुपन्देही


उपप्राध्यापक, नेपाली विभाग Assistant Lecturer, Nepali Department

Downloads

Published

2022-12-31

How to Cite

भण्डारी Bhandari ह. H. (2022). ‘शहरबिनाको शहर’ कविताकृतिमा पर्यावरणीय चेतना {Eco Consciousness in the Poetry ‘‘The City without a City’’}. Kaladarpan कलादर्पण, 2(1), 33–44. https://doi.org/10.3126/kaladarpan.v2i1.50914

Issue

Section

Articles