भाषामा ध्वनिपरिवर्तन {Sound Change in Language}

Authors

  • सखिशरण Sakhisharan सुवेदी Subedi TU Butwal Multiple Campus त्रि. वि. बुटवल बहुमुखी क्याम्पस

DOI:

https://doi.org/10.3126/kaladarpan.v3i1.55185

Keywords:

वृक्षारेख, विपर्यास, विषमीभवन, ध्वनिविलय, तरङ्ग, ध्वनिविच्छेद, discordance, reverse, ववे, breaking, sound-dissolving, accent

Abstract

ध्वनि भाषाको सबभन्दा सानो भाषिक एकाइ हो । यसले भाषाका त्यसभन्दा माथिल्ला एकाइ रूप, पद, पदावली,उपवाक्य र वाक्यको निर्माण गर्दछ । ध्वनिको अध्ययन भाषाविज्ञानको ध्वनिविज्ञान शाखा अन्तर्गत हुन्छ । भाषाको सबभन्दा सानो एकाइ भएकाले भाषिक परिवर्तनमा ध्वनिको महत्वपूर्ण स्थान रहेको हुन्छ । भाषाका ध्वनिको परिवर्तनसम्बन्धी विश्लेषण निश्चित सिद्धान्तका आधारमा गरिन्छ । भाषामा हुने परिवर्तन एकै पटक नभएर क्रमिक रूपमाहुन्छ । एक पछि अर्को गर्दै क्रमशः भाषिक नियमहरू परिवर्तन हुँदै जान्छन् र नयाँ भाषा जन्मन्छ । ध्वनि परिवर्तनको अध्ययन वृक्षरेख र तरङ्ग सिद्धान्तका आधारमा गरिन्छ । भाषाहरूका बीचको सम्बन्धको खोजी गरी तिनका बीचकोसमान नियम र विशेषताको निक्र्योल वृक्षारेख सिद्धान्तमा गरिन्छ भने नजिकको भाषामा पर्ने बढी प्रभाव र टाढाको भाषामा पर्ने कम प्रभावको विश्लेषण तरङ्ग सिद्धान्तमा गरिन्छ । भाषाका ध्वनिहरूलाई प्रभावित गर्ने ध्वनि परिवर्तनका निश्चित प्रक्रियाहरू ध्वनि नियम हुन् । ग्रीम, भर्नर र ग्रासमनका नियमहरूका आधारमा भाषाका ध्वनिपरिवर्तनको विश्लेषण हुन्छ । भाषिक ध्वनि परिवर्तन विभिन्न कारणले हुने गर्दछ ।

Downloads

Download data is not yet available.
Abstract
1
PDF
2

Author Biography

सखिशरण Sakhisharan सुवेदी Subedi, TU Butwal Multiple Campus त्रि. वि. बुटवल बहुमुखी क्याम्पस

सहप्रा. नेपाली विभाग

Downloads

Published

2023-06-07

How to Cite

सुवेदी Subedi स. S. (2023). भाषामा ध्वनिपरिवर्तन {Sound Change in Language}. Kaladarpan कलादर्पण, 3(1), 1–14. https://doi.org/10.3126/kaladarpan.v3i1.55185

Issue

Section

Articles