युद्धसाहित्यको अभिव्यञ्जनः अफगानी रणमैदान {Expression of War: Afghani Radamaidan}

Authors

  • शंकरप्रसाद Shankarprasad गैरे Gairhe Tribhuvan Multiple Campus, Palpa, त्रि.वि., त्रिभुवन बहुभुखि क्याम्पस, पाल्पा

DOI:

https://doi.org/10.3126/kaladarpan.v3i1.55209

Keywords:

योद्धा, युद्धभूमि, तालिवान, गृहयुद्ध, अभिघात, अलकायदा, आतङ्ककारी, आतङ्कवाद

Abstract

प्रस्तुत अनुसन्धानमूलक लेख ‘अफगानी रणमैदान’ उपन्यासको विश्लेषणमा केन्द्रित रहेको छ । नेपाली साहित्यमा कवि तथा नियात्राकारको रूपमा परिचय बनाएका केदार सङ्केतको यस उपन्यासमा युद्धलाई विषय बनाइएको छ । स्वयं लेखक सैनिक पेसामा संलग्न रहेको र युद्धमा आफूले भोगेका र अनुभव गरेका विषयलाई प्रस्तुत गरेर लेखिएकोले यो उपन्यास युद्धसाहित्यको दस्तावेजका रूपमा देखापरेको छ । औपन्यासिक संरचनाका दृष्टिले नवीनप्रयोगका रूपमा प्रस्तुत भएको यस उपन्यासमा युद्धजन्य विभीषिका, युद्धको मनोविज्ञान, सैन्य मनोविज्ञान, सैन्यगतिविधि, जीवनचर्या, वाध्यता, अवसर र चुनौति आदि अनेक विषयहरू प्रस्तुत गरिएको छ । युद्धबाट अवकाश प्राप्तगरेका सैनिकहरूलाई पुनः करार गरी विभिन्न मिसनमा संलग्न गराउने पच्छिमा शक्तिराष्ट्रहरूको योजना र त्यसका लागि सेनाका पूर्व लडाकुहरूलाई संपर्क गरी पुनः युद्धमा संलग्न गर्ने अभियान अन्तर्गत स्वयं लेखक म पात्र र भारतीय, नेपाली, बेलायती लगायतका विभिन्न देशका सेनाका पूर्वलडाकुहरूलाई करारमा नियुक्त गरी अफगानिस्तानको काबुलमा खटाइएको विषय उपयास मा प्रस्तुत गरिएको छ । उनीहरूले त्यहाँ लामो समयसम्म शान्ति सुरक्षाका निम्तिगरेको कामलाई उपन्यासको विषय बनाइएको छ । युद्धमा संलग्न केही सेना, उनीहरूले प्रयोग गरेका हातहतियार, नक्सा,मार्गचित्र, युद्धस्थल आदिलाई समेत परिशिष्टमा समावेश गरेर अधिक यथार्थसम्मत तुल्याइएको प्रस्तुत उपन्यास युद्धकोयथार्थचित्रण गरिएको कृति हो । अतः यस अनुसन्धानमूलक समालोचनात्मक लेखमा प्रस्तुत उपन्यास ‘अफगानीरणमैदान’ लाई युद्धसाहित्यको सैद्धान्तिक अवधारणाका आधारमा विश्लेषण गरी कृतिको सौन्दर्य निरूपण गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
3
PDF
1

Author Biography

शंकरप्रसाद Shankarprasad गैरे Gairhe, Tribhuvan Multiple Campus, Palpa, त्रि.वि., त्रिभुवन बहुभुखि क्याम्पस, पाल्पा

उप–प्रध्यापक, नेपाली विभाग

Downloads

Published

2023-06-07

How to Cite

गैरे Gairhe श. S. (2023). युद्धसाहित्यको अभिव्यञ्जनः अफगानी रणमैदान {Expression of War: Afghani Radamaidan}. Kaladarpan कलादर्पण, 3(1), 45–55. https://doi.org/10.3126/kaladarpan.v3i1.55209

Issue

Section

Articles