'टाँकीका पूलहरू’कथा सङ्ग्रहमा डायस्पोरा

Authors

  • यज्ञप्रसाद Yagyaprasad गुरागाईँ Guragain त्रि.वि, धनकुटा बहुमुखी क्याम्पस

DOI:

https://doi.org/10.3126/kaladarpan.v3i1.55210

Keywords:

द्वैध संस्कृति, मानसिक सङ्घात, आप्रवास, डायस्पोरिकता, duplexity, immigration, diasporicity, mental trauma

Abstract

यस लेखमा कथाकार दाजु गुरुङद्वारा रचित टाँकीका पूलहरू कथा सङ्ग्रहमा सङ्गृहीत कथाहरूमा डायास्पोरा प्रयोगको अवस्थाको अध्ययन गरिएको छ । रहर वा कहरका कारणले आप्रवासी बन्न पुगेका व्यक्तिहरू र तिनको अवस्था तथा अनुभूतिलाई डायास्पोरा भनिन्छ । टाँकीका  फूलहरू कथा सङ्ग्रहमा यस प्रकारको डायास्पोराको अवस्था के कस्तो रहको छ भन्ने समस्यालाई मूल समस्या कथनका रूपमा लिई सो अनुरूप उक्त कथा सङ्ग्रहमा निहित डायास्पोरा प्रयोगको अवस्था पत्ता लगाउने उद्देश्य यस लेखमा राखिएको छ । यस अध्ययनबाट उक्त सङ्ग्रहका कथाहरूमा व्यक्त डायास्पोराको अवस्था जानकारी हुनुका साथै यस आधारमा कुनै अन्य कृतिको अध्ययन गर्न चाहने भावी अध्ययताहरूलाई समेत सहयोग पुग्ने भएकाले यो अध्ययन औचित्यपूर्ण पनि छ । त्यसैले यस कथा सङ्ग्रहका कथाहरूमा प्रस्तुत डायास्पोरा प्रयोगको अवस्थाको खोजी यहाँ गरिएको छ । यसका लागि पुस्तकालयीय पद्धतिबाट सङ्कलन गरिएका प्राथमिक र द्वितीय दुवै स्रोतका सामग्रीको उपयोग गरिएको छ भने प्रस्तुतीकरणको विधिका रूपमा विश्लेषणात्मक विधिको उपयोग गरिएको छ । प्रस्तुत कृतिमा डायास्पोराको अवस्था पत्ता लगाउनका लागि यहाँ जीवन भोगाइ र कष्टकर आप्रवासी पीडा; अतिव्यस्त जीवन; अस्तित्वको खोजी; एकान्तपन, स्वदेशप्रेम, स्वदेशको स्मरण तथा स्वदेशीपनप्रतिको अनुराग; संस्कृति मिश्रण र सांस्कृतिक विचलन (द्वैध संस्कृति); असुरक्षाभय, चिन्ता,विच्छिन्नता; नयाँ परिवेश र त्यसको प्रभाव; विभाजित मानसिकता वा द्वैधवृत्ति; भाषिक जटिलता; सीमान्तीयता रमानसिक सङ्घात जस्ता सूचकहरू तय गरी यिनका आधारमा कृतिको विश्लेषण गरिएको छ । यसरी गरिएको विश्लेषणबाट प्रस्तुत कथा सङ्ग्रहमा समाविष्ट कथाहरू डायस्पोरा प्रयोगका दृष्टिले समृद्ध बनेका छन् भन्ने निष्कर्ष यहाँ निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
37
PDF
26

Author Biography

यज्ञप्रसाद Yagyaprasad गुरागाईँ Guragain, त्रि.वि, धनकुटा बहुमुखी क्याम्पस


उपप्राध्यापक, नेपाली विभाग

Downloads

Published

2023-06-07

How to Cite

गुरागाईँ Guragain य. Y. (2023). ’टाँकीका पूलहरू’कथा सङ्ग्रहमा डायस्पोरा. Kaladarpan कलादर्पण, 3(1), 56–76. https://doi.org/10.3126/kaladarpan.v3i1.55210

Issue

Section

Articles