कदमलाल ततमाको गीत कथामा सीमान्तीयता {Marginality in the story "Kadamlal Tatmako Geet"}

Authors

  • मीरा Meera शाही Shahi उदयपुर बहुमुखी क्याम्पस

DOI:

https://doi.org/10.3126/kaladarpan.v3i1.55218

Keywords:

प्रभुत्वशाली, सामाजिक पहिचान, शक्ति सम्बन्धको अवस्था, किनारीकृत, साँस्कृतिक मूल्यमान्यता, hierarchical, cultural value, dominant, social identity, state of power relations

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेख ऋषिराज बरालद्वारा लेखिएको ‘कदमलाल ततमाको गीत’ कथामा चित्रित सीमान्तकृत समुदायको अध्ययनसँग सम्बद्ध छ । कथामा समाजका उच्च र अभिजात वर्गले निम्नवर्गलाई हेर्ने दृष्टिकोण र त्यसबाट यो वर्ग सीमान्तकृत अवस्थामा पुग्न बाध्य हुन पुगेको सन्दर्भलाई प्रमुखताका साथ उठाइएको छ । आर्थिक अवस्था दयनीय भएको कारण अरूको खेतमा काम गर्न बाध्य छन् । निम्नवर्गीय आर्थिक स्थितिका कारणले दारुण जीवन बाँच्न विवश पात्रहरूले राम्रो लगाउन त के भरपेट खानसम्म पाएका छैनन् । सामाजिक संरचनाको निर्माणमा प्रभुत्वशाली वर्ग नै आफू अनुकूलको सामाजिक संरचना निर्माण गरेको हुनाले सीमान्त वर्गलाई किनारामा पुर्याइएको कुरालाई प्रस्तुत कथाले उजागर गरेको छ । कथामा प्रभुत्वशाली वर्ग र सीमान्तवर्ग बिचमा द्वन्द्व उत्पन्न भएको छ । यही द्वन्द्वका कारण सीमान्तवर्गले प्रतिरोध स्वरुप आवाज उठाउँदा यातनाबाट अपाङ्ग बन्नु परेको र अन्ततः अज्ञात मृत्युवरण गर्नु परेको कुराले कथा मार्मिक र दुःखान्त समेत बन्न पुगेको छ । यस कथामा मूलतः तत्कालीन समाजव्यवस्थाले हलि (कमैया)को सज्ञा दिएको कदमलाललाई केन्द्र बनाएर सामन्तवादी समाज व्यवस्था र त्यसका आडमा हुने गरेको शोषण, दमन, अन्याय, अत्याचारलाई कारुणिक रूपमा प्रस्तुत गरेको छ । यस कथाको विश्लेषण पनि वर्गीय सीमान्तीयताको कोणबाट भएको छ । कदमलाल ततमाको गीत कथाले सीमान्तकृतहरूको अवस्थाको चित्रण गरेको छ । वर्गीय सीमान्तीयताको आधारमा ‘कदमलाल ततमाको गीत’ कथाको विश्लेषण गर्नु नै प्रस्तुत अध्ययनको मूल उद्देश्य हो ।

{The research article presented by Rishiraj Baral is associated with the study of the marginalized communities depicted in the story 'Kadamlal Tatmako Geet'. In the story, the upper and elite of the society should take the point of view of the lower class and the group who are bound by the marginalized state. Due to the poor economic condition, the work of the field is bound to be done. Due to the lower class economic condition, the poor life was forced to plant ramro in the neighboring house. The dominant class is not very favorable in the construction of social structure; the leadership of the marginal class of social structure is exposed to the story presented by the AIA.}

Downloads

Download data is not yet available.
Abstract
20
PDF
21

Author Biography

मीरा Meera शाही Shahi, उदयपुर बहुमुखी क्याम्पस


 नेपाली विभाग

Downloads

Published

2023-06-07

How to Cite

शाही Shahi म. M. (2023). कदमलाल ततमाको गीत कथामा सीमान्तीयता {Marginality in the story "Kadamlal Tatmako Geet"}. Kaladarpan कलादर्पण, 3(1), 98–106. https://doi.org/10.3126/kaladarpan.v3i1.55218

Issue

Section

Articles